स्विमिङ पुल र लिफ्टको काम गर्ने पुल बजार प्रालिको शाखा पोखरामा

पोखरा । पुल बजार प्रालिले म्याजिलाइन स्विमिङ पुलको शाखा पोखरामा स्थापना गरेको छ । फ्रान्सको म्याजिलाइन कम्पनीको नेपालका लागि आधिकारिक प्रतिनिधि पुल बजार प्रालि हो । पोखराको न्युरोडस्थित संगम मार्गमा रहेको संगम मिनिमार्टमा स्थापना भएको शाखाको शनिबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो ।

कम्पनीले स्विमिङ पुलहरुको डिजाइन, काउन्सिलिङ, निर्माण लगायतका काम गर्दै आइरहेको छ । नयाँ स्विमिङ पुल बनाउनुका साथै पुराना पुलहरुको मर्मत तथा पुननिर्माण लगायतको काम पनि कम्पनीले गर्दै आइरहेको प्रमुख कार्यकारी अधिकृत विपिन पोखरेलले जानकारी दिए ।

कम्पनीले लिफ्ट डिजाइन, निर्माण तथा मर्मतको काम पनि गर्दै आइरहेको छ । फ्रान्सको म्याजिलाइन प्रविधि भरपर्दो तथा गुणस्तरीय हुने भएकाले धेरैको रोजाइमा कम्पनी पर्न सफल भएको पोखरेलले बताए ।

footwear zone

‘सार्वजनिक पुलहरु, स्कुल तथा कलेजका ट्रेनिङ पुलहरु, होटल तथा रिसोर्टका डिजाइन पुलहरुको काम कम्पनीले गर्दै आइरहेको छ,’ उनले भने । नेपालमा हाइड्रोथेरापी पुलको काम गर्ने एक मात्रै कम्पनी पुल बजार प्रालि रहेको पोखरेलले आर्थिक  आवाजलाई जानकारी दिए ।

स्विमिङ पुलहरुमा प्रयोग हुने क्यामिकलको बिक्री वितरण पनि कम्पनीले गर्दै आइरहेको छ । काठमाडौंको सामाखुसीमा प्रधान कार्यालय रहेको कम्पनीको शाखा कार्यालयहरु पोखरासहित विराटनगर, वुटवल र कोहलपुरमा छ । स्विमिङ पुलका लागि प्रयोग हुने सम्पूर्ण सामानहरु कम्पनीले फ्रान्सबाटै आयात गर्दै आइरहेको छ ।

पोखरा तथा आसपासका क्षेत्रमा स्विमिङ पुल र लिफ्टसँग सम्बन्धित सम्पूर्ण कामहरु पोखरा शाखाबाट हुने शाखा प्रमुख रविन गुरुङले जानकारी दिए ।

पोखराको लेकसाइड रिट्रिट, दिप हाउजिङ, द फरेस्ट स्पोर्टस एण्ड रिक्रियसन सेन्टर लगायतमा कम्पनीले काम गरिसकेको छ । कास्कीकै नौडाँडामा फिलिप नेपाल रिसोर्टमा ७ वटा लक्जरी स्विमिङ पुलका काम भइरहेको छ । काठमाडौं तथा देशभर कम्पनीले राम्रो राम्रो प्रोजेक्टमा १० वर्षे ग्यारेन्टीका साथ काम गरिरहेको पोखरेलले जानकारी दिए ।

You might also like

Comments are closed.