काठमाडौं । महालक्ष्मी विकास बैंक लि. ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको भैरहवा शाखाले रुपन्देहीको सिद्घार्थनगर नगरपालिका वडा न. १ मा रहेको बेलहिया माध्यामिक विद्यालयमा निर्माण गर्न लागिएको महिला मैत्री शौचालयका लागि १ लाख ७५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
बुधबार रोटरी क्लब अफ भैरहवाका संस्थापक अध्यक्ष तथा रोटरी डिस्ट्रिक ३२९२ रिजन २१ का एसिस्टेन्ट गभर्नर राजकुमार गुप्ताको प्रमुख आतिथ्यतामा बेलहिया माध्यामिक विद्यालयको प्राङगणमा सम्पन्न एक कार्यक्रमका बीच बैंकको भैरहवा शाखाका प्रबन्धक गौतम गुप्ताले रोटरी क्लब अफ भैरहवाका अध्यक्ष चक्रमणि आचार्यलाई सो रकम बराबरको चेक हस्तान्तरण गरे ।
उल्लेखित कार्यक्रम रोटरी क्लब अफ भैरहवाका अध्यक्ष चक्रमणि आचार्यको अध्यक्षता तथा सचिव साजन जंग राणाको संचालनमा सम्पन्न भएको थियो ।

बैंकले विषम परिस्थितिमा सम्पुर्ण ग्राहकहरुलाई मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, ऋयललभअत क्ष्एक्, त्तच् ऋयमभ लगायतका विद्युतीय बैंकिङ सेवाप्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफु बँच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ ।




Comments are closed.