काठमाडौं । महालक्ष्मी विकास बैंकले महालक्ष्मी क्रमिक बचत खाता सार्वजनिक गरेको छ । ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरतरुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको बैंकले नेपाली नागरिकलाई लक्षित गरेर नयाँ मुद्दती योजना महालक्ष्मी क्रमिक बचत खाता सार्वजनिक गरेको हो ।
जेठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको यस बैंकले आफ्नो २८औं वार्षिकोत्सवको अवसर पारेर उक्त बचत खाता सार्वजनिक गरेको हो । एक हजारमै मुद्दती खाता खोल्न सकिने ‘महालक्ष्मी क्रमिक बचत खाता’ मा दैनिक मौज्दातमा १२ प्रतिशत व्याज गणना गरी उक्त व्याज त्रैमासिकरूपमा साँवामा गाभि एकमुष्ठरुपमा भुक्तानी गरिने बैंकले जनाएको छ ।
यस योजनाअन्तर्गत खाता खोलेका ग्राहकहरुले ५ बर्षसम्म जुनसुकै समयमा यस खातामा रकम जम्मा गर्न सक्नेछन् । महालक्ष्मी विकास बैंकमा जुनसुकै बचत खाता खोलेका ग्राहकहरुले मुद्दती खाता योजनाअन्तर्गतको आकर्षक महालक्ष्मी व्रmमिक बचत खाता खोल्न सक्नेछन् ।

विगतदेखि नै ग्राहकहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्ध रहेको यस बैंकले आम ग्राहकहरुको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षलाई मध्यनजर गर्दै महालक्ष्मी क्रमिक बचत खाता सञ्चालनमा ल्याएको हो । देशैभर छरिएर रहेका १०३ शाखाहरुमार्फत यो खाता खोल्न सकिने कुरा बैंकले जनाएको छ ।
यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, वाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरुमार्फत करिब ६ लाख गहकहरुलाई उच्चस्तरिय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ ।
बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले VISA EMV chips based travel Card, eCommerce card र Dollar card जारी गरीसकेको छ । समग्रमा chip based travel Card, eCommerce card र Dollar card जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक : महालक्ष्मी विकास बैंक रहेको छ ।




Comments are closed.