काठमाडाैं । महालक्ष्मी विकास बैंकले सेयरधनीहरूलाई १०.४७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/ ७९ सम्मको सञ्चित मुनाफबाट ४ प्रतिशत बोनस सेयर र ६.४७ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १०.४७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब १ करोड ८ लाख ८३ हजार २६९ रुपैयाँ रहेको र सोही पुँजीको आधारमा कम्पनीले १०.४७ प्रतिशत लाभांश दिन लागेको हो।

उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी २१औं साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।




Comments are closed.