महालक्ष्मी विकास बैंक र हिम इलेक्ट्रोनिक्सबीच छुट सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले हिम इलेक्ट्रोनिक्स प्रा.लि.सँग सम्झौता गरेको छ। बैंकले इलेक्ट्रोनिक्स क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने उद्देश्यका साथ नक्साल, काठमाडौंमा अवस्थित हिम इलेक्ट्रोनिक्स प्रा.लि.सँग सम्झौता गरेको हो।

सम्झौता पश्चात बैंकका ग्राहकहरुले सामसंग डिजिटल प्लाजाका दरबारमार्ग, बानेश्वर, बौद्घ (चुचेपाटी), भक्तपुर, पुल्चोक र खुसिबु शाखाहरु मार्फत विभिन्न विद्युतीय सामाग्रीहरुको खरिदमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

बैंकका ग्राहकहरुले सामसँग प्लाजाबाट कन्जुमर इलोक्ट्रोनिक्सहरुको खरिदमा १५ प्रतिशत र मोवाईल फोनको खरिदमा पाँच प्रतिशतको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्। सम्झौता पत्रमा कम्पनीका तर्फबाट प्लाजा प्रबन्धक निकिता शर्माले र बैंकका तर्फबाट निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले हस्ताक्षर गरेका हुन्।

footwear zone

यस किसिमको सहकार्यबाट विद्युतीय सामाग्रीहरुको प्रयोगमा ग्राहकहरुको पहुच बढ्नुका साथै सहज र सुलभ सेवाबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

You might also like

Comments are closed.