महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ती वितरण

काठमाडौं । महालक्ष्मी विकास बैंकले कर्णाली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द«लाई दुई लाख पचास हजार बराबरको छात्रवृत्ती प्रदान गरेको छ । कालिकोट जिल्लाका पाँच विद्यार्थीहरुको प्लस टू वा डिप्लोमा अध्ययनमा सहयोग पु¥याउन सहयोग गरिएको बैंकले जनाएको छ ।

बैंकले कालिकोट जिल्लाका सरकारी विद्यालबाट एसइई उत्तीर्ण गरी काठमाडौं वा अन्य जिल्लामा गई थप अध्ययन गर्न इच्छुक तर परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर भएका कक्षा ११ र सिटिईभिटि अन्तर्गत डिप्लोमा अध्ययन गरिरहेका पाँच जना विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरेको हो । बैंकका निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख वसन्त बक्सीले कर्णली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द«का अध्यक्ष टेकराज शाहीलाई दुई लाख पचास हजार बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

बैंकले अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएका विद्यार्थीको अध्यापनमा सहयोग पु¥याउने उद्देश्यले वागीश्वरी मा.वि., भक्तपुरमा अध्ययनरत दत्त कठायत, लोयल्टी एकेडेमी, बुढानिलकण्ठमा अध्ययनरत इश्वरी शाही, भैरव मा.वि., सुर्खेतमा अध्ययनरत भावना शाही, बे्रन ल्याण्ड एकेडेमी, बुढानिलकण्ठमा अध्ययनरत सृष्टी शाही र रिलायन्स इन्टरनेसनल एकेडेमी, चावहिलमा अध्ययनरत सृष्टी कुमारी शाहीलाई प्रति विद्यार्थी रु.पचास हजार बराबरको छात्रवृत्ती उपलब्ध गराएकोे छ ।

footwear zone

आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ ।

 

You might also like

Comments are closed.