महालक्ष्मी विकास बैंकको का.मु प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त

 

काठमाडौं ।

महालक्ष्मी विकास बैंक लि. कोे माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले बैंकका नायव प्रमुख कार्यकारी अधिकृत दिपेश लम्साललाई बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्नुका साथै बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पेको छ ।

footwear zone

बिगत १२ बर्ष देखि महालक्ष्मी बिकास बैंकमा कार्यरत लम्सालको बिभिन्न वाणिज्य तथा विकास बैंकको सम्पूर्ण क्षेत्रहरुमा २५ बर्षको बैकिङ अनुभब छ । केन्द्रीय बैंकको नितिनियम भित्र रहेर सम्पूर्ण ग्राहक, शेयरधनी तथा कर्मचारीहरुको हितमा कार्य गर्दै गुणस्तरीय सेवा तथा उचित प्रतिफल प्रदान गर्न आफु केन्द्रीत हुने लम्सालले बताए ।

You might also like

Comments are closed.