काठमाडौं । महालक्ष्मी विकास बैंक लि. कोे असार १८ गते शुक्रबार बसेको सञ्चालक समितिको ४९० औं बैठकले अम्बिका श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ ।
बैंक तथा वित्तीय संस्थामा २५ बर्ष भन्दा बढिको बैकिङ अनुभव रहेको अम्बिका श्रेष्ठले स्टाण्डर्ड चाटर्ड बैंक नेपालबाट बैकिङ क्षेत्रमा प्रवेश गरेकी हुन् भने तत्कालीन सुप्रिम डेभलपमेण्ट बैंकको प्रमुख कार्यकारी अधिकृत सम्मको अनुभव पनि उनि सँग छ ।

व्यवसाय प्रशासनमा स्नातकोत्तर सम्मको अध्ययन पूरा गरेकी श्रेष्ठ Nepal Finance Institution Association / Development Banker’s Association मा लामो समयसम्म आवद्घ रहेकी थिइन् । त्यसै गरीे विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुमा वित्तीय परामर्शदाताको रुपमा पनि काम गरेको अनुभव उनि सँग छ ।




Comments are closed.