महालक्ष्मी विकास बैंकद्वारा विद्युतिय आर. ओ प्लान्ट हस्तान्तरण

 

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पु¥याउने उद्देश्यका साथ “एक शाखा, एक सामाजिक उत्तरदायित्व” कार्यक्रम संचालन गर्दै आइरहेको छ । सोही कार्यलाइ निरन्तरता दिदै बैंककोे पकडी शाखाले एक विशेष कार्यक्रमका बिच ईलाका प्रहरी कार्यालय पकडीलाई शुद्घ पिउने पानी व्यावस्थापनका लागी स्वचालित विद्युतिय आर. ओ. प्लान्ट हस्तान्तरण गरेको हो ।

स्वस्थ जीवनयापनकालागी शुद्घ खानेपानी अति आवश्यक रहेको बताउदै पकडी शाखा प्रबन्धक दिपेश्वर अर्यालले ईलाका प्रहरी कार्यालयमा आउने सेवाग्राही तथा कार्यालयका कर्मचारी समेत लाभान्बित हुने उद्देश्यले आर. ओ प्लान्ट हस्तान्तरण गरिएका बताए । उक्त हस्तान्तरण कार्यक्रममा समाजसेवी, कर्मचारी, उद्योगी, व्यापारी, सुरक्षाकर्मी, पत्रकार तथा स्थानियहरुकोे उपस्थिती रहेको थियो । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु अझै प्रभावकारी रुपमा संचालन गर्ने बैंकले जनाएको छ ।

footwear zone

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख् गहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ । बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले VISA EMV chips based travel Card, eCommerce card, Dollar card जारी गरीसकेको छ ।

You might also like

Comments are closed.