काठमाडौं । महालक्ष्मी बिकास बैक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्दै आईरहेको छ । संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले यस बैंकले “एक शाखा, एक सामाजिक उत्तरदायित्व” कार्यक्रम संचालन गर्दै आएको छ । सोही कार्यक्रम अन्तर्गत यस बैंकको बैतडी, पाटन शाखाले पाटन ̵ ४ स्थित भुमेश्वर माध्यमिक विद्यालयलाई खेलकुद सामाग्री हस्तान्तरण गरेको हो ।
विद्यालयको प्राङ्गरणमा आयोजित एक विशेष कार्यक्रमकाबीच उक्त खेलकुदका सामग्रीहरु हस्तान्तरण गरिएको हो । यस क्षेत्रले भलिबल खेलमा राष्ट्रिय तथा अन्तराष्ट्रि«य खेलाडीहरु उत्पादन गरिसकेकाले यस क्षेत्रका खेलाडीहरुलाई खेलप्रति थप हौसला प्रदान गर्न तथा खेलकुद विकासमा सहयोग पुगोस भन्ने उद्देश्यले खेलकुदका सामाग्रीहरु हस्तान्तरण गरिएको कुरा पाटनका शाखा प्रबन्धक बिजय शाहले बताए । बैंकको यस सहयोगबाट विद्यार्थीहरु निकै उत्साहिल भएको र खेलकुद विकासकालागी महालक्ष्मी विकास बैंकले गरेको सहयोगप्रती विद्यालयका प्रधानाध्यापक बिरेन्द« बहादुर चन्दले धन्यवाद ज्ञापन गरे । महालक्ष्मी विकास बैंकले कोर बैंकिङमा मात्र नभई संस्थागत सामाजिक क्रियाकलापमा समेत अग्रणी भुमिका निर्वाह गर्दै आईरहेको छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ । बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यलेVISA EMV chips based travel Card, eCommerce card, Dollar card जारी गरीसकेको छ । कोभिड ̵ १९ को जोखमिलाई न्युनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङ मार्फत कारोबार गरी आफु सुरक्षित भई अरुलाई पनि सूरक्षित राख्न बैंकले अपिल गरेको छ ।




Comments are closed.