महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई पानी ट्याङ्की र डस्टविन सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले “एक शाखा, एक सामाजिक उत्तरदायित्व” को नारालाइ आत्मसाथ गर्दै विभिन्न सामाजिक तथा आर्थिक रुपान्तरणका कार्यहरु संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमका माध्यमबाट संचालन गर्दै आइरहेको छ ।

सोही कार्यलाई निरन्तरता दिदै बैंकको साफेबगर शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत साफेबगर स्थित श्री सुर्यचन्द« प्राविधिक तथा व्यावसायिक नमुना माध्यमिक विद्यालयलाई पानी ट्यांकी तथा डस्टबिन सहयोग गरेको छ । श्री सुर्यचन्द« प्राविधिक तथा व्यावसायिक नमुना माध्यमिक विद्यालयको प्राङ्गरणमा आयोजित एक विशेष कार्यक्रमका बिच स्वच्छ खानेपानीकालागी एक हजार र पाँच सय लिटरको एक÷एक हिल ट्यांक र डष्टविन हस्तान्तरण गरिएको महालक्ष्मी विकास बैंक शाखा कार्यालय साफेबगरका शाखा प्रबन्धक पुनित शाहले जानकारी दिए ।

क्याम्पसको प्राकृतिक वातावरणलाई सफा र स्वच्छ राख्न तथा खानेपानीमा सहजता हुने उद्देश्यले क्याम्पसलाई डस्टविन र पानी ट्यांकी सहयोग गरिएको हो । सरसफाई सामग्री हस्तान्तरण कार्यक्रममा विद्यालय व्यावथापन समितिका अध्यक्ष श्री रबिन्द« बहादुर शाहले विद्यालयलाई धन्यवाद ज्ञापन गरे । आगामी दिनहरुमा पनी संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने बैंकले जनाएको छ ।

footwear zone

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख् गहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ । बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यलेVISA EMV chips based travel Card, eCommerce card, Dollar card जारी गरीसकेको छ ।

You might also like

Comments are closed.