महालक्ष्मी विकास बैंकद्वारा विद्यालयमा प्रतिक्षालय निर्माण

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको बझाङ शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत जालपा माध्यमिक विद्यालयलाई प्रतिक्षालय निमार्ण गरेर हस्तान्तरण गरेको छ ।

जालपा माध्यमिक विद्यालयको प्राङ्गरणमा एक विशेष कार्यक्रम आयोजना गरी विद्यालयका प्रधानाध्यापक श्री उत्तम बहादुर मल्ललाई प्रतिक्षालय निर्माण पछि हस्तान्तरण गरिएको बैंकको बझाङ शाखा प्रमुख हेम बोहराले जानकारी दिए । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई घाम पानीबाट बच्न सजिलोहोस् भन्ने उद्देश्यले बैंकले प्रतिक्षालय निर्माण गरेको हो ।

उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै विद्यालय प्रधानाध्यापक उत्तम बहादुर मल्लले विगत देखिनै बैंकले सामाजिक तथा आर्थिक रुपान्तरणमा विभिन्न कार्यक्रमहरु गरी उदाहरणिय कार्य गर्दै आएकोमा बैंकलाई धन्यवाद ज्ञापन गरे । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा संचालन गर्ने बैंकले जनाएको छ ।

footwear zone

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख गहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ ।
बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यलेVISA EMV chips based travel Card, eCommerce card, Dollar card जारी गरीसकेको छ ।

You might also like

Comments are closed.