महालक्ष्मी विकास बैंंकद्वारा २०७९ सालको भित्तेपात्रो विमोचन 

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले २०७९ सालको क्यालेन्डर विमोचन गरेको छ । चैत्र २० गते आइतबार केन्द«ीय कार्यालय काठमाडौंमा आयोजित एक कार्यक्रमकाबिच बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकेटाले उक्त क्यालेन्डर विमोचन गरेका हुन् ।

“कृषि कर्म गरौँ आत्मनिर्भर बनौँ” भन्ने मूल विषयलाई आत्मसात् गर्दै बैंकले यस बर्ष क्यालेन्डर प्रकाशन गरि आफ्ना ग्राहकहरु समक्ष ल्याएको हो । मिति, तिथि, चाडपर्व, दिवस लगायतका विषयमा आफ्ना ग्राहकहरुलाई जानकार राख्नु बैंकको क्यालेन्डर प्रकाशन र वितरणको मुख्य उद्देश्य रहेको छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरिय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ ।

footwear zone

बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले VISA EMV chips based travel Card, eCommerce card, Dollar card री गरीसकेको छ ।

You might also like

Comments are closed.