महालक्ष्मी विकास बैंक र रिगल हेटौंडा रिसोर्टबीच छुट सम्झौता

हेटौंडा । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरतरुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंक र हेटौडा ५ स्थित रिगल हेटौंडा रिसोर्टबीच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पश्चात महालक्ष्मी बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरुले रिसोर्टका सेवामा आकर्षक छुट प्राप्त गर्न सक्ने भएका छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।त्कार गराउने उद्देश्यका साथ यस बैंकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

महालक्ष्मी विकास बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, वाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्मि प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरुमार्फत करिब ६ लाख ग्रहकहरुलाई उच्चस्तरीय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।

footwear zone

बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले VISA EMV chip based travel Card, eCommerce card र Dollar card जारी गरिसकेको छ । समग्रमा chip based Travel Card, eCommerce card र Dollar card जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक : महालक्ष्मी विकास बैंक रहेको छ ।

You might also like

Comments are closed.