सामाजिक उत्तरदायित्व अन्तर्गत महालक्ष्मी बैंकको विभिन्न कार्यक्रम

काठमाडौं ।  महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत स्वास्थ्य प्रतिष्ठान, नेपाल प्रहरी तथा विद्यालयलाई सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् ।

बैंकको नेपालगंज शाखाद्वारा कोहलपुर नगरपालिका वडा नं ११ मा अवस्थित निर्धन उत्थान सञ्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई Semi Auto Biochemistry Analyzer Machine हस्तान्तरण गरिएको छ । स्वास्थ्य प्रतिष्ठानमा उपचारका निमित्त आउने त्यस क्षेत्रमा बसोबास गर्ने विपन्न वर्गका समुदायलाई न्युनतम मुल्यमा किडनी, लिभर, सुगर र युरीक एसिड सम्वन्धी प्रयोगशाला चेकजाँचमा सहजता पु¥याउने उद्देश्यले बैंकले उक्त सहयोग गरेको थियो । निर्धन उत्थान सञ्जिवनी स्वास्थ्य प्रतिष्ठान बाकेंका अध्यक्ष श्री पुर्णिमा शाहीलाई यस बैंकका लुम्बिनी प्रदेश ”ख” का प्रदेशिक प्रबन्धक खगेन्द्र बहादुर साउद र नेपालगंज शाखाका शाखा प्रवन्धक श्री बिन्दु प्रसाद शर्माले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा अध्यक्ष पुर्णिमा शाहिले सहयोग प्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्नुका साथै आगामि दिनमा पनि यस्तै किसिमको सहयोगको अपेक्षा व्यक्त गरे ।

त्यस्तै बैंकको डल्लु र ठमेल शाखाद्वारा जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौंलाई ब्यारिकेट, कोन तथा गोप्रो क्यामरा हस्तान्तरण गरिएको छ । काठमाडौं महानगरपालिकामा सार्वजनिक सुरक्षा, अमन चयन कायम राख्न, सम्भावित अपराधको रोकथाम नियन्त्रण तथा अनुसन्धान गर्नका साथै तिव्र गतिमा सवारी साधन चलाउने, मादक पद्घार्थ सेवन गरी सवारी साधन चलाउने चालकहरुको नियन्त्रण तथा चेक जाँच गर्ने प्रयोजानार्थ बैंकले उक्त सहयोग प्रदान गरेको थियो । जिल्ला प्रहरी परिसर, टेकुका प्रहरी बरिष्ठ उपरिक्षक धन बहादुर कार्कीलाई डल्लु शाखाका शाखा प्रवन्धक आशिष बहादुर धमला र ठमेल शाखाका शाखा प्रवन्धक युधिरमान सिंहले संयुक्त रुपमा उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

footwear zone

बैंकको विरगंज शाखाद्वारा विरगंज महानगरपालिका वडा नं १४ मा अवस्थित श्री सिद्धार्थ माध्यामिक विद्यालयलाई छ थान स्मार्ट टेलिभिजन हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको छ । बालविकास ECD देखि १२ कक्षा सम्म अध्यापन गराईने विद्यालयलाई विद्यार्थी मैत्री बनाउन मद्दत पु¥याउने उद्देश्यले बैंकले ECD देखि ५ कक्षा सम्मका विद्याथीहरुका लागि स्मार्ट टेलिभिजन सहयोग गरेको हो । श्री सिद्धार्थ माध्यामिक विद्यालय व्यवस्थापन समितिका सदस्य शिव शंकर पटेललाई बैंकका मधेस प्रदेशका प्रादेशिक प्रबन्धक श्री सुदिप चन्द्र पोखरेल र विरगंज शाखाका शाखा प्रवन्धक पुरुषोत्तम अधिकारीले संयुक्त रुपमा टेलिभिजन हस्तान्तरण गरेका हुन् ।

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने बैैकले जनाएको छ ।

 

You might also like

Comments are closed.