महालक्ष्मी विकास बैंकलाई एल एण्ड डी एक्सलेन्स अवार्ड

 

काठमाडौं । कर्मचारिलाई उत्कृष्ट गुणस्तर र उच्चतम संख्यामा तालिम उपलब्ध गराए सँगै बैकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्युट अफ नेपाल (BFIN) द्वारा प्रदान गरिने एल एण्ड डी एक्सलेन्स अवार्ड– द्दण्द्दघ बाट महालक्ष्मी विकास बैंक पुरस्कृत भएको छ । बैंकले गोल्ड श्रेणी अन्तर्गतको पुरस्कार प्राप्त गरेको हो ।

मिति २०८० श्रावण २९ गते अलफ्ट काठमाडौं होटलमा सम्पन्न “Leaders for the Next Generation: Expect the Unexpected” कन्फरेन्सका बिच बैंकलाई उक्त पुरस्कार प्रदान गरिएको हो । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले महालक्ष्मी विकास बैंक मानव संशाधन विभागका प्रमुख विशालराज कार्कीलाई उक्त पुरस्कार हस्तान्तरण गरेका हुन् ।

footwear zone

सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको यस बैंकले आम ग्राहक महानुभावहरुको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्घता जनाएको छ ।

You might also like

Comments are closed.