काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, श्रृगार, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ ।
सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
जनकपुरधाम ९, जनकपुरमा रहेको नवजिवन अस्पतालमा अस्पताल सेवामा १५ प्रतिशत, फार्मेसीमा ७ प्रतिशत, कस्टमाइज हेल्थ प्याकेजमा २ हजार रुपैयाँ र अन्य परीक्षणमा २० प्रतिशत छुट पाउने छन् । त्यसैगरि हेटौंडा ४ मा रहेको क्राउन्स कलेक्सनमा ओमन एसेसरिजमा १० प्रतिशत छुट पाउने छन् । सिद्धार्थनगर ५ भैरहवामा रहेको न्यु विजी बिन्समा फुड एण्ड वेभरेजमा १० प्रतिशत छुट पाउनेछन् ।

त्यसैगरि मनहरी ७ मकवानजुरमा रहेको मनहरी हेयर एण्ड ब्युटी युनिसेक्स सैलुनमा १० प्रतिशत छुट पाउने छन् । काठमाडौं ३२ कोटेश्वरमा रहेको हुक हस्पिटालिटीमा फुड एण्ड वेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्ने छन् ।
यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।





Comments are closed.