महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा विशेष छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, श्रृगार र होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ ।

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । उक्त संस्थाहरु र प्राप्त गर्न सकिने छुट निम्नलिखित छन् ।

बैंकका ग्राहकले सुमेरु अस्पताको ओपिडी र आइपिडी सेवामा १० प्रतिशत तथा फर्मेसीमा ५ प्रतिशत छुट प्राप्त गर्नेछन् । सिद्धार्थनगर ६ भैरहवामा रहेको एसियन बुद्ध होटलमा फुड वेभरेज तथा ग्रिल वारमा १० प्रतिशत र स्पा मा २० प्रतिशत छुट पाउने छन् । त्यसैगरि आँवुखैरेनी ३ मा रहेको मल्ल फेन्सीमा फेन्सी आइटममा १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।

footwear zone

हेटौंडा ४ मकवानपुरमा रहेको रिषु व्युटीपार्लरमा १ हजार रुपैयाँभन्दा बढीको सेवा लिदा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । त्यसैगरि काठमाडौंको बाँसवारीमा रहेको व्युटीफुल कलेक्सनमा क्लोथिङ प्रडक्टमा १० प्रतिशत र व्याग तथा जुत्तामा ५ प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।

यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैंकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

 

You might also like

Comments are closed.