महालक्ष्मी बैंकका ऋणीलाई व्याजदरमा सहुलियत

काठमाडौं । महालक्ष्मी बिकास बैंकले कोभिड १९ का कारण ग्राहकहरुको पेशा, व्यवसाय तथा उद्योगहरुमा पर्न गएको असरलाई मध्यनजर गर्दै ऋणीहरुलाई राहत प्रदान गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकबाट जारी भएको पुनर कर्जा कार्यविधि अन्र्तगत आवश्यक प्रबन्ध गरी लघ,ु घरेलु तथा साना उद्यम संचालन गरिरहेका १ हजार२ सय ५० भन्दा बढी ऋणीहरुको ७२ करोड भन्दा बढी कर्जाको ब्याजदर घटाई ५ प्रतिशत कायम गरी सहुलियत प्रदान गरेको छ ।

पुनर कर्जा सुबिधाका लागि कोभिड १९ को असर परेका उद्यमीहरुका साथै सामाजिक आर्थिक दृष्टिकोणले पिछडिएका बिपन्न बर्र्ग, कृषक तथा महिलाहरुलाई प्राथमिकता दिएको बैंकले जनाएको छ ।

footwear zone

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखामार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या ५ लाख भन्दा बढी रहेको छ ।

You might also like

Comments are closed.