महालक्ष्मी लाईफ ईन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । महालक्ष्मी लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी रकम भुक्तानी गरेको छ ।

कम्पनीको पोखरा शाखाले ज्वालामुखी नगरपालिका वडा नं ५, धादिङका दलबहादुर राना मगरको असामयिक निधनप्रति श्रद्धान्जली व्यक्त गर्दै मृतककी श्रीमती गोमा राना मगरलाई बिमा दाबी वापतको रकम १० लाख ७५ हजार रूपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो।

जीवन रहे आफै लाई ,नरहदा आश्रीत आफ्नो परिवारलाई भन्ने सोचका साथ ५ लाख रुपैयाँको जीवन विमा गरि २ किस्ता मात्र वुझाएका विमितको दुर्घटनाका कारण मृत्यु पश्चात् १० लाख ७५ हजार रुपैयाँको दावि भुक्तानि महालक्ष्मी लाईफ ईस्योरेन्स लि.का गण्डकी प्रदेश प्रमुख अखिल धमला र सिनियर एजेन्सि म्यानेजर दिपा रानाले मृतककी श्रीमतीलाई हस्तान्तरण गरेका हुन् ।

footwear zone

उक्त अबसरमा एजेन्सी म्यानेजर अमृत बयाली, ज्ञानेन्द्र कुमार थापा र चन्द्र कुमारी थापा मगरले बीमाको महत्व वारे प्रकाश पारेका थिए भने क्षेत्रीय प्रबन्धक अखिल धमलाले पलपलमा बिमाको महत्व रहेकाले सम्पुर्णले जिबन बिमा गर्नु पर्ने आवश्यकता रहेको बताए ।

You might also like

Comments are closed.