महालक्ष्मी विकास बैंकका ग्राहकलाई ब्याजमा १० प्रतिशत छुट

 

काठमाडौं । महालक्ष्मी विकास बैंकले ब्याजमा १० प्रतिशत छुटको घोषणा गरेको छ । कोभिड १९ का कारण उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गरी कर्जा सुविधा लिएका ग्राहकलाई राहत पु¥याउने लक्ष्यसहित ब्याजमा विशेष छुट प्रदान गर्न लागिएको बैंकले जनाएकोे छ ।

असोज महिनासम्म ब्याज भुक्तानी गर्ने ग्राहकले यो सुविधा पाउनेछन् । ग्राहकले यो विषम परिस्थितिमा पनि कर्जाको किस्ता र ब्याज भुक्तानी गरी देखाएको इमान्दारिताको कदर गर्दै छुटको सुविधा उपलब्ध गराइएको निमित्त प्रमुख कार्यकारी अधिकृत ध्रुवराज तिवारीले जानकारी दिए ।

footwear zone

देशभर ग्रामीण तथा शहरी क्षेत्रमा गरी १ सय ३ वटा शाखा कार्यालय तथा ३४ वटा एमिएमबाट बैंकले बैंकिङ सेवा प्रदान गरिरहेको छ । बैंकका ग्राहक संख्या करिब ५ लाख पुगेको बताइएको छ ।

You might also like

Comments are closed.