काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भुक्तानी प्रणालीमा डिजिटाइजेशनको विकास उत्साहजनक देखिएकोे बताएका छन् ।
शुक्रबार ब्राण्डवर्थ प्रालिले काठमााडौंमा आयोजना गरेको दोस्रो चरणको फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२ लाई सम्बोधन गर्दै उनले कोरोना कालपछि नेपालले डिजिटल पेमेन्टमा फड्को मारेको बताए ।
१÷२ वर्षअघि यस्ता कार्यक्रमहरुमा नेपालको अर्थतन्त्र कहिले डिजिटलाइज हुन्छ भनेर प्रश्न आउथ्यो । तर, आजको कार्यक्रममा त्यस्तो प्रश्न आउने अवस्था नभएको उनले बताए । पछिल्लो २ वर्षमा नेपालको अर्थतन्त्र व्यापाकरुपमा डिजिटलाइज भएको उनले बताए ।

विशेषगरि भुक्तानी प्रणालीमा डिजिटलाइजेशको व्यापाकरुपमा विकास भएको उनको भनाइ छ । सरकारी सेवाको भुक्तानी ९० प्रतिशत बैंकमार्फत हुनु पनि आफैंमा उपलब्धि मुलुक रहेको उनको भनाइ छ । तर, नेपाललाई फुल्ली डिजिटलाइज तथा पेपरलेस बनाउन बाँकी नै रहेको उनको भनाइ छ ।
त्यस्तै, डिजिटलाइजेशनको विकास गर्न इको सिस्टममा आउने समस्यालाई पनि समाधान गर्न सकिने उनले बताए । तर, त्यस्ता समस्याहरुको पहिचान गर्ने गरि सरकार, सरोकारवाला निकायहरुले पनि काम गर्नुपर्ने उनको भनाइ छ ।




Comments are closed.