संसारका डिष्ट्रिक्टहरु मध्येमा लायन्स क्लब्स इन्टरनेशन डिष्ट्रिक्ट ३२५ एम, नेपालले सामाजिक सेवा लगायत अन्य काममा उत्कृष्ट पहिचान बनाउन सफल छ । यसै क्रममा लायन्सका गतिविधिका बारेमा केन्द्रित रहेर डिष्ट्रिक्ट गभर्नर महेन्द्र पौडेलसँग गरिएको कुराकानी ः
लायन्स डिष्ट्रिक्ट ३२५ एमको अवस्था कस्तो छ ?
भर्खरै मात्र लायन्समा वाइफर्गेसन गरिएको छ । लायन्स इन्टरनेशल डिष्ट्रिक्ट ३२५ एममा शुरुमा २ हजार ५ सय ६४ मेम्वर हुनुहुन्थ्यो । १ सय १७ क्लब थिए । अहिले थप १९ क्लब नयाँ चार्टर्ड भएका छन् । वाइफर्गेसन हुँदा मेम्वरसिपको आधारमा हामी नवौं पोजिसनमा थियौं । हामीसँग अहिले ३ हजार ९७ मेम्वर हुनुहुन्छ । अहिले वल्र्डमा नै सेकेन्ड पोजिसनमा छौं । रिर्पोटिङको हकमा विश्वभरिमा डिष्ट्रिक्टमा ३२५ एम शतप्रतिशत रिर्पोटिङ गर्न सफल भएको छ । इण्डक्सन इन्स्टलेसनको हकमा पनि वाग्मती क्षेत्रको कम्प्लिट भएको छ । २ वटा जोनमा रहेका क्लबको बाँकी छ । १५ जना डिष्ट्रिक्ट गर्भनर मध्य ६ जना गभर्नरलाई मात्र क्यानडाको १०४ औं कन्भेन्सनमा जाने अवसर मिलेको थियो । हाम्रो कार्यकालको सुरुवाती अवस्थादेखि नै डिष्ट्रिक्टमा उत्साहजनक रुपमा काम भएका छन् ।

डिष्ट्रिक्टबाट के–कस्ता क्षेत्रमा कन्ट्रिव्युसन भएका छन् ?
कन्ट्रिव्युसनको हकमा १ जनाले पिएमजेएफ र १५ जनाले एमजेएफमा कन्ट्रिव्युसन गर्नुभएको छ । हामी यसमा पनि उच्च स्थानमा छौं । यसैगरि हन्ड्रेड क्याम्पेनमा २६ जनाले कन्ट्रिव्युसन गर्नुभएको छ । कमिटमेन्ट पनि राम्रो छ । माथि उल्लेख गरिएका कन्ट्रिव्युसन डिपोटिज भएका हुन् ।
सामाजिक क्षेत्रमा के कस्ता काम भएका छन् ?
ब्लड डोनेसन, हेल्थ क्याम्प, स्कलरसिप डिष्ट्रिव्युसन लगायत विभिन्न सेवाका कार्यक्रम भएका छन् । पढाऔं अभियान, एनएलएफमा, टियु ब्लड बैंक लागि पनि कन्ट्रिव्युसन आइरहेका छन् । डिष्ट्रिक्ट विल्डिङलाई पनि करिव ३० लाख रुपैयाँ कन्ट्रिव्युसन कमिटमेन्ट भएको छ । करिव ५० प्रतिशत उठिसकेको छ ।
पोखरामा क्याविनेट मिटिङ हुँदैछ । कस्तो छ तयारी ?
पोखरा क्षेत्रको उत्कृष्ट क्लब लायन्स क्लब अफ पोखरा मिड टाउनले क्याविनेट मिटिङको आयोजना गरेको छ । क्लबका अध्यक्ष सुनादेवी मल्ल श्रेष्ठ लगायत क्लबका सबैजना साथीहरु क्याविनेट मिटिङ सफल पार्न खटिनु भएको छ । क्लबका पूर्व अध्यक्ष ठाकुरप्रसाद अधिकारी संयोजक र क्लबका फस्ट भि.पि तथा डिष्ट्रिक्टका आइटी एण्ड सेक्रेटरियट कोअर्डिनेटर विकास भुर्तेत सहसंयोजक भएर क्याबिनेट मिटिङ सफल बनाउन लागिपर्नुभएको छ । सुन्दर तथा पर्यटकीय नगरी पोखरामा आयोजित क्याबिनेट मिटिङ सभ्य र भब्य रुपमा सफल हुनेछ ।
मेम्वरसिप इन्ट्रि गर्ने तर सस्टेन नहुने अवस्था छ नि ?
लायनिजमको २८ वर्षको मेरो अनुभवमा धेरै क्लब खोल्ने, धेरै मेम्वर इन्ट्रि हुने तर सस्टेन नहुने गरेको पनि पाइन्छ । अहिले बान्स अ लायन, फरएभर लायन र वान्स अ क्लब, फरएभर क्लब भन्ने मोटोलाई अघि सार्दै अब रहेका मेम्वरलाई आजीवन सदस्य बनाउने सोच रहेकाले अधिकांस क्लबले अहिले मेम्वरसिप ड्रप गर्नुभएको छैन ।

क्याविनेट मिटिङले पोखराको पर्यटनमा टेवा पुग्ला ?
यस क्याविनेट मिटिङले पोखराको पर्यटन प्रवद्र्धनमा पक्कै पनि महत्वपूर्ण भुमिका खेल्नेछ । पोखराका वारेमा सकारात्मक सन्देश प्रवाह गर्नेछ । पर्यटकीय गन्तव्यको प्रचार तथा प्रसार हुनेछ । धेरै लायन्स मेम्वरको सहभागिता रहने यस क्याविनेट मिटिङले पोखरा तथा आसपासमा रहेका पर्यटकीय गन्तव्यको प्रवद्र्धनमा सहयोग पुर्याउने छ । पोखराका होटल भरिभराउ हुनेछन् भने पर्यटकीय गन्तव्यमा पनि भिड भाड देखिनेछ ।




Comments are closed.