महिला महासंघ अपरिहार्यताको विषयमा प्रदेशस्तरीय अभिमुखिकरण

पोखरा । महिलाको मुद्दामा सामुहिक आवाजका लागि एक वर्षदेखि गठन प्रक्रियामा रहेको महिला महासंघको अपरिहार्यताको बारेमा पोखरामा प्रदेशस्तरीय दुईदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा महिला महासंघ गठनको संयोजन गरिरहेको शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिल सञ्जाल संकल्पका अध्यक्ष लिलि थापाले सो अभिमुखिकरणको सहजिकरण गरेकी थिईन् ।

थापाले देशमा विभिन्न कालखण्डमा राजनैतिक परिवर्तन भएपनि महिलाका विषयले अझै पनि स्थान नपाइरहेको उल्लेख गर्दै महिलाको नीतिगत रुपमा अर्थपूर्ण सहभागिताको लागि महिला महासंघको आवश्यकता रहेको औल्याईन् । उनले भनिन् “देशमा जस्तेसुकै परिवर्तन आएपनि महिलामैत्री नीति बन्न सकेको छैन, आज पनि द्धन्द्धपीडित महिलाले न्याय पाउन सकेका छैन भने एकल महिलाको अवस्था पनि उस्तै छ, महिलाको आर्थिक सशक्तिकरणका मुद्दापनि सधै ओझेलमा छन् । यी विविध विषयमा लागि अब महिला महासंघले सामुहिक आवाज उठाएर जानेछ ।”

महिलाका साझा सवालका लागि जातिगत, बस्तुगत, राजनीति सबैबाट बाहिर आएर नितान्त महिलाको साझा समस्यामा केन्द्रीत भएर महासंघले काम गर्ने उनले बताईन् । उनले भनिन् “हामीले विगतदेखि लैङ्गिक उत्तरदायी चुनावको माग पनि ग¥यौ, नेतृत्व तहमा महिला आउनुपर्छ भनेर धेरै आवाज उठायौँ तर अर्थपूर्ण सहभागिता हुन सकेन, अब संगठित रुपमै महिलाका आवाजहरु सशक्त रुपमा उठाउनु पर्छ भनेर छाता संगठनको आवश्यकता महसुस गरी गठन प्रक्रियामा लागिएको हो ।”

footwear zone

थापाका अनुसार महासंघको सदस्यताको लागि केही मापदण्ड बनाइएको छ । सदस्य बन्नको लागि महिलाले नेतृत्व गरेको कम्तिमा दुईवर्षदेखि महिला तथा बालबालिको क्षेत्रमा काम गरेको क्रियाशिल संस्था हुनुपर्नेछ । कुनै पनि पार्टीको राजनीतिक जिम्मेवार पदमा बसेका व्यक्ति संस्थाको सदस्य बन्न पाउने छैनन् ।

गण्डकी प्रदेशबाट सहभागी महिला प्रतिनिधिहरुले महासंघले उठान गर्नुपर्ने विषयमा आफ्नो धारणा राखेका थिए । विशेषगरी नेतृत्व तहमा महिलाको अर्थपूर्ण सहभागिता, महिला हिंसा न्यूनिकरणका लागि पहल, आमाको नामबाट सहज रुपमा नागरिकता दिनुपर्ने, विभेदकारी कानुनको अन्त्य गर्नुपर्ने, श्रोत साधनमाथि महिलाको पहुँच हुनुपर्ने, समनताकालागि समतामूलक अभ्यासबाट अवसर प्रदान गर्नुपर्ने, लैङ्गीक उत्तरदायी तथा समावेशी शासनमा जोड दिनुपर्ने सुझाव दिएका थिए ।

गण्डकी प्रदेशका महिला तथा बालबालिको क्षेत्रमा क्रियाशिल १५ वटा .संस्थाका महिला प्रतिनिधिको उपस्थित रहेको सो अभिमुखिकरणमा महिला महासंघ गण्डकीको प्रदेशको तदर्थ समितिमा आमा मिलन केन्द्रलाई संयोजनको रुपमा चयन गरेको संकल्प गण्डकी सचिव प्रमिला तझ्याले जानकारी दिईन् ।

You might also like

Comments are closed.