भारतबाट ३० हजार मेट्रिक टन मल आयात हुने

काठमाडौं । भारतबाट ३० हजार मेट्रिक टन रासायनिक मल आयात हुने भएको छ । करिब ३ साताभित्र भारतबाट ३० हजार मेट्रिक टन मल आउन लागेको हो ।

नेपाल सरकार र भारत सरकारबीच भएको जीटूजी सम्झौताअनुसार उक्त परिमाणको युरिया मल आयात हुने कृषि सामाग्री कम्पनी लिमिटेडका महाप्रबन्धक राजेन्द्र कार्कीले बताए।

कार्कीले जीटूजीमार्फत आउने मल गहुँ, उखु र मकैको खेतीमा प्रयोग हुने बताए। नेपालमा मल ल्याउनका लागि भारततर्फको सरकारी राष्ट्रिय केमिकल फर्टिलाइजर कम्पनीले जिम्मेवारी पाएको छ।

footwear zone

विश्व बजारको तुलनामा भारतबाट आउन लागेको मलको मूल्य केही सस्तो रहेको कार्कीले जानकारी दिए। उक्त कम्पनीले अबको १ महिनाभित्रमा भारतबाट नेपालको बोर्डरदेखि २५ किलोमिटर भित्रसम्म रहेका गोदामसम्म मल ल्याइदिने छ ।

You might also like

Comments are closed.