व्यवस्थापनका विद्यार्थीलाई शैक्षिक मेला

काठमाडौँ । व्यवस्थापन विषयमा शैक्षिक संस्था छनोटका लागि एकै थलोबाट सहजरुपले परामर्श सेवा प्रदान गर्ने उद्देश्यले दुईदिने शैक्षिक मेला ‘टेक्सास म्यानेजमेन्ट एण्ड आइटी एक्सपो’ आयोजना गरिएको छ । शैक्षिक परामर्श सेवा दिँदै आएको युनिभर्सल थट कन्सल्ट (युटिसी) ले कमलादीस्थित प्रज्ञा भवनमा आयोजना गरेको मेलामा काठमाडौँका व्यवस्थापन सङ्काय अध्यापन गराउने ३१ कलेज सहभागी छन् ।

मेलाको उद्घाटन गर्दै त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायका सहायक डीन प्रोफेसर डा ध्रुुव गौतमले व्यवस्थापनमा राम्रो र गुणस्तरीय शैक्षिक संस्था छनोट गर्न यस्ता कार्यक्रम उपयोगी हुने बताए ।

footwear zone

उनले विद्यार्थीलाई राम्रो विद्यालय छनोटका साथै आगामी दिनमा रोजगारका लागि पनि युवा पुुस्तालाई अभिप्रेरित गर्ने बताए । सहायक डीन गौतमले यस्ता इभेन्ट कलेज भर्ना अगाडिभन्दा अन्य समयमा पनि रोजगार प्रदान गर्न सहयोगीको भूमिका खेल्न सकोस् भनी शुभकामना व्यक्त गरे ।

राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेश सिलवालले भोलिका दिनमा युटिसीसँग सहकार्य गरी असल तथा जेहेन्दार विद्यार्थीलाई गुणस्तरीय शिक्षा र विभिन्न व्यवस्थापन सङ्कायमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्तिको सहयोग गर्ने वचन दिए ।

युटिसीका निर्देशक प्रकाश ढकालले व्यवस्थापन सङ्कायमा अध्ययन गर्न चाहने १० जोड दुुई पास गर्न सफल विद्यार्थीका लागि शैक्षिक गन्तव्य पहिचान गर्न सहजीकरण गर्ने उद्देश्यले पाँच वर्षदेखि मेला आयोजना गर्दै आएको जानकारी दिए । कार्यक्रममा विद्यार्थीले मनोरञ्जनात्मक खेलकूद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी रौनकता थपेका छन् ।

 

You might also like

Comments are closed.