उपनिर्वाचनको दिन मनकामना केबलकार बन्द रहने

चितवन । वैशाख १० गते मनकामना केबलकारको सेवा बन्द रहने भएको छ । उक्त दिन चितवन क्षेत्र नं. २ मा उपनिर्वाचन हुन लागेकाले केबलकार सेवा बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।

उपनिर्वाचनलाई लक्षित गरी केबलकार सेवा बन्द गर्न जिल्ला प्रशासन कार्यालय चितवनले गरेको आग्रह अनुसार सेवा बन्द गर्न लागिएको हो ।

वैशाख ११ गतेबाट पुन केबलकारको सेवा नियमित हुने प्रालिले जनाएको छ ।

footwear zone

मनकामना केबलकारको बटम स्टेसन रहेको चितवनको कुरिनटार चितवन क्षेत्र नं. २ भित्र पर्छ ।

You might also like

Comments are closed.