मनकामना केबलकार भदौ २५ बाट पुनः सुचारु हुने

 

काठमाडौं । स्तरोन्नतिका लागि बन्द रहेको केबलकार भदौ २५ गतेबाट सञ्चालनमा आउने भएको छ ।

केवलकारको पहिलो चरणको मर्मतका लागि साउन २३ गतेदेखि बन्द गरिएको थियो ।पहिलो चरणको निर्माण कार्य प्रक्षेपण गरिएको समय भन्दा एक साता अगाडि नै सम्पन्न गरी भदौ २५ (सेप्टेम्बर १०)बाट सञ्चालनमा आउने निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिए ।

footwear zone

केबलकारको मर्मतका लागि अष्ट्रियाबाट प्राविधिकहरुको टोली नेपाल आएको थियो ।गोरखाको मनकामनास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका लागि मनकामना दर्शन प्रालिले २०५५ साल मङ्सिरबाट सञ्चालनमा ल्याएको मनकामना केबुलकार तीन चरणमा स्तरोन्नति गरिँदैछ ।

You might also like

Comments are closed.