शंखरापुर नगरपालिका र मनास्लु वर्ल्ड कलेजबीच शैक्षिक सम्झौता

काठमाडौं । शंखरापुर न.पा. र मनास्लु वर्ल्ड कलेजबीच विभिन्न शैक्षिक कार्यक्रमहरु संचालनार्थ एक सम्झौता भएको छ । नगरपालिकामा एक कार्यक्रम गरि सम्झौता पत्र हस्ताक्षर तथा आदान प्रदान गरिएको हो ।

हस्ताक्षर कार्यक्रममा शंखरापुर न.पा.का नगर प्रमुख रमेश नापित, प्रमुख प्रशासकिय अधिकृत वासुदेब खनाल, नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठ, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सुकदेव नेपाल लगायत विभिन्न वडाका वडाअध्यक्षको उपस्थिति रहेको थियो । सम्झौता पत्रमा शंखरापुर न.पा.को तर्फबाट नगर प्रमुख रमेश नापित र मनास्लु वर्ल्ड कलेजको तर्फबाट कलेजका अध्यक्ष गेन्द्र लामाले हस्ताक्षर गरेका छन् ।

जस अन्तर्गत मनास्लु वर्ल्ड कलेजले यस नगरपालिकाका एस ई ई उतिर्ण जेहेन्दार तथा आर्थिक रुपमा विपन्न विद्मार्थिहरुलाई यस नगरपालिकाको विषेश सिफारिसमा वार्षिक १० जना सम्मलाई  +2 अध्ययनका लागि छात्रावृत्ति प्रदान गरिने साथै स्नातक तहका लागि पनि छात्रावृत्ति प्रदान गरिने छ ।

footwear zone

नगरपालिका अन्तरगतका सामुदायिक तथा संस्थागत विद्मालयहरुका शिक्षक शिक्षिका तथा विद्यार्थीलाई क्षमता अभिवृद्धि तथा विभिन्न शैक्षिक उन्नयनका कार्यक्रममा मनास्लु वर्ल्ड कलेजको विशेष सहयोग तथा सहकार्यमा गरिने बताइएको छ ।

 

You might also like

Comments are closed.