मानवसेवा आश्रमको ‘एक कोठा निर्माण अभियान’मा बकावलीको साथ

पोखरा । मानवसेवा आश्रमले पोखराको हेमजामा निर्माण गरिरहेको भवनका लागि सहयोग आउनेक्रम जारी छ । सडक मानवहरुका लागि निर्माणाधीन आश्रयस्थलका लागि तिब्र रुपमा सहयोग प्राप्त भइरहेको आश्रमका गण्डकी प्रदेश प्रमुख होमनाथ तिमिल्सिनाले जानकारी दिए ।

आश्रयस्थलका लागि ‘एक कोठा निर्माण अभियान’समेत सञ्चालन गरिएको छ । यो अभियान अन्तर्गत पोखरा ११ निवासी बकावली रञ्जीतले ५ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेकी छन् ।

निर्माणाधीन आश्रममा एउटा कोठा निर्माण गर्ने गरी सहयोग गर्न पाउँदा खुसी लागेको रञ्जीतले बताइन् ।

footwear zone

You might also like

Comments are closed.