पोखरा । पोखराका युवा व्यवसायी होमराज भट्टराईले मानवसेवा आश्रमलाई आर्थिक सहयोग गरेका छन् । पोखराको हेमजामा निर्माणाधीन आश्रममा एउटा कोठा बनाउने गरी उनले सहयोग गरेका हुन् ।
भट्टराई परिवारको तर्फबाट उनले आश्रमलाई ५ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन् । आश्रमलाई सहयोग गर्न पाउँदा निकै आनन्द महसुस भएको भट्टराईले बताए ।
सडक मानवहरुका लागि निर्माणाधीन आश्रयस्थलका लागि तिब्र रुपमा सहयोग प्राप्त भइरहेको आश्रमका गण्डकी प्रदेश प्रमुख होमनाथ तिमिल्सिनाले जानकारी दिए ।






Comments are closed.