मानवसेवा आश्रम निर्माण शुरु, ६ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान

रुपन्देही । घरबारविहीनका लागि रुपन्देहीको तिलोत्तमामा मानवसेवा आश्रम निर्माण शुरु भएको छ । घरबारविहीन भई सडकपेटीमा बस्न बाध्य भएकालाई गाँस, बाँस र कपासको व्यवस्था गर्ने उद्देश्यले तिलोत्तमा नगरपालिका–६ पश्चिम पहुनीमा आश्रमका लागि भवन निर्माण शुरु गरिएको हो ।

मानवसेवा आश्रम शिलान्यास गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बेसहारालाई सहारा दिने कार्यमा सरकारको सदैव सहयोग रहने बताए । देशका विभिन्न स्थानमा यस्ता आश्रमको स्थापना गरी देशलाई सडक मानवमुक्त बनाउनुपर्ने उनले बताए । सामाजिक सेवाको भावना राखेर गरिने कुनै पनि कार्यमा सरकारको सहयोग रहने उनले प्रतिबद्धता जनाए ।

कार्यक्रममा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले प्रदेशलाई सडक मानवमुक्त बनाउन सबैको सहयोग आवश्यक रहेको बताइन् । तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले सेवा नै धर्म हो भन्ने भावना राखेर मानव सेवा आश्रमको कामलाई पूर्णता दिनुपर्ने धारणा राखिन् ।

footwear zone

मोक्षधाम परिसरभित्र निर्माण हुने प्रस्तावित भवनको लागत करिब ६ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको भवन निर्माण समितिका अध्यक्ष लोकनाथ भुसालले जानकारी दिए । घरबारविहीन भई सडकपेटीमा गुजारा गर्दै आएका व्यक्तिलाई गाँस, बाँस र कपासको व्यवस्था गर्दै आएको मानव सेवा आश्रमले देशका सातवटै प्रदेशमा २१ शाखामार्फत एक हजार १०० भन्दा बढी सहयोगापेक्षी सडक आश्रित मानवको मानवोचित व्यवस्थापन गर्दै आएको आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए ।

You might also like

Comments are closed.