काठमाडौं । रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका– ३, ढक्दैमा मंगलम् पाइप्स एन्ड फिटिङ्सको नयाँँ कारखानाको स्थापना अन्तिम चरणमा पुगेको छ । उद्योगको बाहिरी निर्माण कार्य केही सम्पन्न हुन बाँकी रहे पनि, उत्पादन भने निकै अघि देखि नै सुरु भैसकेको छ ।
हाल सम्मको नेपालकै सबैभन्दा ठूलो प्रयोगशाला भएको यस कारखानामा हरेक प्रयोजनको लागि आवश्यक पाइप्स् र फिटिङ्सको सम्पूर्ण रेन्जहरु उत्पादन भैरहेका छन् । निर्माण सामाग्री उत्पादनमा नेपालकै अग्रणी उद्योग हुने लक्ष्यको साथ सन २००९ मा स्थापना भएको मंगलम् पाइप्स नेपालको पहिलो सिपिभिसी पाइप र फिटिंग्स् उत्पादक तथा नेपालबाट बाहिरी देशमा सबैभन्दा बढी निर्यात गर्ने कम्पनि पनि हो । मंगलम पाइप्सको पुरानो कारखाना सिद्धार्थनगर भैरहवामा अवस्थित रहँदा रहँदै पनि उत्पादन क्षमता बढाउन तथा अत्याधुनिक प्रविधिलाई नेपाल भित्र्याई नेपाली बजारमा अन्तरराष्ट्रिय गुणस्तरको उत्पादन दिने परिकल्पनाका साथ् यो नयाँँ प्लान्टको स्थापना गरिएको हो ।
अत्याधुनिक र सुविधा सम्पन्न औजार तथा उपकरणहरु भएको यस कारखानामा उच्च गुणस्तरीय जापनिज कच्चा पदार्थबाट जर्मन प्रबिधि प्रयोग गरि अन्तरराष्ट्रिय गुणस्तरको सामग्रीहरु उत्पादन गरिन्छ । लगभग ३ लाख वर्ग फिटसम्म फैलिएको यस उद्योगले २५० जना कर्मचारीहरुलाई दैनिक रुपमा रोजगारी प्रदान गरिरहेको छ । यो कारखानाको वार्षिक उत्पादन क्षमता १२,००० मेट्रिक टन रहेको छ । स्थानीय तहमा कारखाना स्थापना भएपछि स्थानीय तहमै रोजगारीको अवसर सृजना हुनुको साथै राष्ट्रिय अर्थतन्त्रमा पनि योगदान पुगिरहेको छ । यो उद्योग पूर्णतया बिजुलीबाट संचालन हुनुका साथै उत्पादनको प्रक्रियामा निस्किने अन्य पदार्थहरु उद्योगभित्रै पूनः प्रयोग हुने हुनाले ध्वनी र अन्य वातावरणीय प्रदुषणमुक्त छ । यसमा एउटै युनिटबाट सिपिभिसी, पिभिसी, एचडिपिइ, पिपि लगायतका पाइप्सहरु उत्पादन हुन्छन् । मंगलम् पाइप्स र फिटिङ्स सबैभन्दा ठुलो पुर्वाधार लगानी भएको पाइपिङ उद्योगहरु मध्य एक हो ।

मंगलम् पाइप्सका हरेक उत्पादनहरु मजबुत र टिकाउ छन् । यस उद्योगकोे सिपिभिसी प्लस पाइप तातो तथा चिसो दुवै पानीको लागि उपयुक्त एवम् उच्च चापशक्ति सहन सक्ने क्षमता भएका साथै पाइप क्लोरिनले असर नगर्ने, खिया नलाग्ने तथा लामो समयसम्म टिक्ने भएकोले ग्राहकहरु माझ निकै रुचाइएको छ । खानेपानीको लागि मंगलम सिपिभिसी र एक्बा प्रो पाइप प्लम्बरको पहिलो रोजाईमा पर्ने पाइपहरु हुन् । त्यस्तै ढल, कृषि, बोरिङ्ग जस्ता बाहिरी प्रयोगका लागि पिभिसी रेन्जमा अल्ट्रा फ्लो, बोरवेल, प्रो ड्रेन जस्ता पाइपहरुको पनि एकदमै बढी माग हुने गरेको छ । यसको अतिरिक्त यस कारखानामा वनयरसेफ, एचडिपिइ, रेनप्रो, अन्डरग्राउण्ड आदिका पाइप्स एन्ड फिटिङ्सका उत्पादन हुन्छन् । निर्माणको अन्तिम चरणमा पुगेको यो उद्योग पौष २०७८ सम्ममा पूर्ण रुपमा सम्पन्न भैसक्ने अनुमान गरिएको छ ।




Comments are closed.