लचिलो, बलियो र गुणस्तरीय मंगलम एचडीपीई पाइप !

काठमाडौं । अहिलेको समयमा पाइप हाम्रो दैनिकीको महत्वपूर्ण पाटो बनिसकेको छ । ग्यास, पानी र अन्य तरल पदार्थहरू एक ठाउँबाट अर्को ठाउँमा सुरक्षितरूपमा लैजानका लागि पाइपकै प्रयोग हुन्छ । उपयोग र कामको प्रकारको आधारमा बजारमा विभिन्न खालका पाइपहरू उपलब्ध छन् । ती मध्ये एचडीपीई पाइप पनि एक हो ।

एचडीपीई (हाई डेन्सिटी पोलिइथाईलीन पाइप) प्लास्टिक पोलिमरबाट बनाइने एक प्रकारको लचिलो एवं बलियो प्लास्टिक पाइप हो । यसकारण एचडीपीई पाइप भूमीगत प्रयोजनमा, त्यसमा पनि सिँचाइ प्रणालीको लागि बढी प्रयोग गरिन्छ । पोर्टेबल र सजिलै जडान गर्न सकिने भएकाले यी पाइपहरु भूमीगत प्रयोगको लागि मात्र नभइ अन्य धेरै कामको लागि पनि प्रयोग गरिन्छ । रसायनसँग प्रतिकृया नगर्ने भएकोले ग्रामिण भेगमा पानीको पाइपको लागि पनि मङ्गलमको एचडीपीई पाइप्स धेरै नै प्रयोगमा आउने गरेको छ ।

अन्य प्लास्टिकको पाइपहरुको तुलनामा बाहिरी तापक्रमले (८० डिग्री सेन्टिग्रेड सम्म) असर नगर्ने भएकोले अप्टिकल फाइबर बिछयाउनका लागि पनि यसको प्रयोग गर्न सकिन्छ । यसको साथै उच्च चाप सहन सक्ने भएकोले यी पाइपहरु ढल निकासको लागि पनि प्रयोग गरिन्छन् । एचडीपीई पाइपहरु प्राय कालो रंगमा उपलब्ध हुन्छन् । प्रयोगअनुसार यी पाइपहरु विभिन्न आकार र मोटाईमा उपलब्ध छन् ।

footwear zone

उच्च गुणस्तरीय कच्चा पदार्थ र अत्याधुनिक प्रविधिको प्रयोग गरेर बनाइने हुँदा यो पाइप लामो समयसम्म टिक्छ । विभिन्न पोलीईथाईलिन फिटिंग सिस्टममा उपलब्ध यी पाइपहरुको जडान प्रकृया अत्यन्तै सजिलोे हुनुको साथै चुहावटको समस्या पनि हुँदैन । नेपालमा गुणस्तरीय एचडीपीई उत्पादन र वितरण गर्ने कम्पनीहरु मध्येमा मंगलम पाईप उपभोक्ता माझ सर्वाधिक रुचाइने पाईप हो ।

अन्तर्राष्ट्रिय स्तरको प्लान्ट, जर्मन टेक्नोलोजी र जापानी कच्चा पदार्थ प्रयोग गरि उत्पादन गरिने एचडीपीई पाईप संगसंगै मंगलम पाइप्सले अरु थुप्रै प्रयोजनको लागि हुने गरि ८ ओटा फरक फरक पाइपहरु उत्पादन गरि उपभोक्ताको माग पुरा गर्दै आएको छ । गुणस्तर र विशेषता भएकोले नेपालका धेरै प्रतिष्ठित सरकारी र निजी परियोजनाहरूमा अधिकांश रुपमा मंगलमका पाइपहरू प्रयोग भएको पाइन्छ ।

केहि समय अघि मात्र पाल्पाको खानेपानी विभागले पनि आफ्नो परियोजनाको ठूलो मात्रामा मंगलमको एचडीपीई पाइप प्रयोग गरेको थियो । अरु पाइपहरुको तुलनामा गुणस्तरीय, टिकाउ, वातावरण मैत्री र सुपथ मुल्यमा पाउने हुँदा बजारमा यसको आफ्नो छुट्टै स्थान रहेको छ ।

You might also like

Comments are closed.