मणिपालका विशेषज्ञ चिकित्सक टोलीद्वारा १ सय ६० जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण

पोखरा । बरपाण्डेथुम जेष्ठ नागरिक चौतारीको आयोजनामा पोखरा ३३ भरतपोखरीमा निःशुल्क स्वास्थ्य शिविर एवम् आँखा जाँच सम्पन्न भएको छ । शिविरमा १ सय ६० जनाभन्दा बढीले स्वास्थ्य जाँच गराएका छन् ।

मणिपाल शिक्षण अस्पताल पोखरा फुलबारीमा कार्यरत विशेषज्ञ चिकित्सकहरूले जनरल मेडिसिन, छाती रोगसम्बन्धी र आँखा जाँच सम्बन्धी चिकित्सीय सेवा उपलब्ध गराएका थिए । सहायक बजार प्रबन्धक खिम लामिछानेले मनिपाल शिक्षण अस्पतालको सामुदायिक उत्तरदायित्व अन्तर्गत समाजका बिभिन्न स्थानहरुमा सामाजिक सस्थाहरुको अनुरोधमा निःशुल्क स्वास्थ्य शिविरको लागि आवश्यक पर्ने दक्ष जनशक्ति र औषधीहरु उपलब्ध गराउदै आइरहेको बताए ।

समाज कल्याण परिसद स्वास्थ कोषको सहकार्यमा सञ्चालित उक्त शिविर मधुमेय तथा थाइराइढ रोग बिषेशज्ञ डा. रमेशराज आचार्यले ९६ वर्षीय ज्येष्ठ नागरिक झम्कनाथ आचार्यको स्वास्थ्य जाँच गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । समाजकल्याण परिषद राष्ट्रिय स्वास्थ्य कोषकी सचिव सुनिता भण्डारीले जेष्ठ नागरिकहरुको उचित हेरचाह गर्नुका साथै उनीहरुसँग भएको ज्ञान सिपलाई नाति पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिइन् ।

footwear zone

शिविरमा मणिपाल शिक्षण अस्पताल पोखरा फुलबारीमा कार्यरत डा प्रविना अर्याल, डा कृष्ण आचार्य, डा रितु श्रेष्ठ, डा लक्ष्मण तिमिल्सिना, डा शम्भु सिंह, डा सुरेन्द्र के.सी. नर्स सजिना थापा, नर्स ओशिन पुर्जा र फार्मिस्ट तारा देवि राना लगाएतको प्राविधिक सहयोगबाट १ सय ७६ जनाभन्दा बढीले स्वास्थ्य जाँच गराएका थिए ।

शिविरमा श्री शान्ति उदय माविका १ सय ७५ जना छात्राछात्रहरु लगाएत ३ सय ५० जनाको आँखा जाँच समेत गरियो ।

पवित्र आमा समुह, गैरी भञ्ज्याङ्ग काफलडाँडा बन उपभोक्ता समूह, बरपाण्डेथुम बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्र, ज्योती किरण आमा समुहले स्थानीय स्वयंसेबकको भुमिका निभाएका थिए । आउँदा दिनहरुमा पनि स्वास्थ्य शिविरलाइ निरन्तरता दिने मोती भुजेलले बताए । उक्त शिविरको सन्चालन एवम् सभापतित्व बरपाण्डेथुम जेष्ठ नागरिक चौतारीका सचिव मोती भुजेलले गरेका थिए ।

You might also like

Comments are closed.