‘मन्जुश्री असाहय संरक्षण केन्द्र आवाज बिहीनहरुको आवाज’

काठमाडौं । मन्जुश्री असाहय संरक्षण केन्द्र काठमाडौं शाखाको आयोजनामा ‘लैङ्गिक हिंसा न्युनीकरणका लागि सरोकारवालाहरुको भुमिका’ विषयक अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न भएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा संस्थाले कार्यक्रम गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि काठमाडौं महानगरपालिका उपमेयर हरिप्रभा खड्की श्रेष्ठले महिला सशक्तीकरणका लागि घरघरबाट हुनुपर्ने बताइन् । ‘महिला सशक्तीकरण बिना राज्यको विकास सम्भव छैन,’ उनले भनिन् । राज्यका हरेक तहमा महिलाको सहभागिता बढ्नु सकारात्मक पक्ष रहेको बताउँदै उनले हरेक ठाउँमा ५० प्रतिशत महिलाको प्रतिनिधित्वि हुनुपर्ने भनाइ राखिन् ।

मन्जुश्री असाहय संरक्षण केन्द्रले महिला तथा बालबालिका माथि हुने हिंसा न्युनीकरणको अभियानमा महत्वपूर्ण योगदान पुर्याएको स्मरण गर्दै उनले काठमाडौं महानगरपालिका सहकार्यका लागि तयार रहेको बताइन् ।

footwear zone

कार्यक्रममा बोल्दै मन्जुश्री असाहय संरक्षण केन्द्रका अध्यक्ष मञ्ज खाँड ठकुरीले मन्जुश्री असाहय संरक्षण केन्द्र आवाज बिहीनहरुको आवाज बनेको बताइन् । हिंसारहित नेपाल निर्माणका लागि सबै मिलेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।

शाखा अध्यक्ष मिना बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका केन्द्रीय सल्लाहकार रजु रञ्जितकार, आफन्त नेपालका प्रबन्ध निर्देशक इन्द्र राज भट्टराई, महिला अधिकारकर्मी सरु सुनार, अधिवक्ता इन्दिरा न्यौपाने, कालिमाटी महिला सेल प्रहरी निरीक्षक कोपिला चुडाल, संस्थाका सचिव कमला अधिकारी लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.