अपर अरुण हाइड्रो इलेक्ट्रिक र एचआडिसिएलबीच सम्झौता

काठमाडौं । माथिल्लो अरुण अर्धजलाशय आयोजना निर्माणका लागि लगानी जुटाउन अपर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेड र हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआडिसिएल) बीच सम्झौता भएको छ।

संखुवासभामा पहिचान भएको १०६१ मेगावाटको माथिल्लो अरुण अर्धजलाशय आयोजना निर्माणका लागि लगानी जुटाउन समझदारीपत्रमा हस्ताक्षर भएको हो । बिहीबार काठमाडौंको एभ्रेष्ट होटलमा एक एक कार्यक्रमका बिच ऊर्जा, जललस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालको प्रमुख आतिथ्यतामा उक्त सम्झौता भएको छ।

प्रारम्भिक अध्ययनअनुसार आयोजनाको कूल २१४ अर्ब रुपैयाँ लागतमध्ये ७० प्रतिशत ऋण (१४९.९० अर्ब) र ३० प्रतिशत स्वपुँजी (६४.२० अर्ब) लगानी गर्नेगरी संरचना तयार गरिएको छ। ऋण लगानी मध्ये ५३ अर्ब एचआइडिसिएलको अगुवाईबाट स्वदेशी वित्तीय संस्थाबाट र ९६.९० अर्ब विश्व बैंकको अगुवाई विदेशी बैंकबाट जुटाउने तय भएको छ ।

footwear zone

प्राधिकरणले सहायक कम्पनी खडा गरेर अगाडि बढाएको आयोजनाका लागि कूल ३० प्रतिशत स्वपुँजी मध्ये हाललाई प्रधिकरणको ६८ प्रतिशत र स्थानीय तथा सर्वसाधारणका लागि ३२ प्रतिशत तय गरिएको छ ।

मुख्य लगानीकर्ता प्राधिकरण रहेको हुँदा ५१ प्रतिशत स्वामित्व आफूले राखेर बाँकी अन्य निकायलाई दिन सक्ने सम्भावना पनि खुला राखिएको छ । कम्पनीले अरुणसँगै ३० मेगावाटको इखुवा खोला पनि अगाडि बढाएको छ। यसमा समेत स्थानीयको लगानी समावेश गर्ने योजना छ ।

You might also like

Comments are closed.