तराईका अधिकांश भू-भागमा हुस्सु/कुहिरो, सतर्कता अपनाउन आग्रह

काठमाडौं । अहिले काठमाडौंसहित देशभर जाडो बढी रहेको छ । देशको तराई तथा हिमाली भेगमा बढी जाडो बढेको कारण त्यहा जनजीवन प्रभावित बन्न पुगेको छ । त्यस्तै लामो सयम पानी नपरेका कारण देशभर प्रदुषण समेत बढ्दै गइरहेको छ ।

आज पनि देशको पहाडी भू-भागमा आंशिक बदली रही तराईका धेरै भू-भागमा हुस्सु/कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अहिले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको मौसम महाशाखाले बताएको छ ।

विभागले तराईका धेरै भू–भागमा बाक्लो हुस्सु लाग्ने, दैनिक जनजीवन र सडक तथा हवाई यातायात सेवा प्रभावित हुने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन आग्रह गरेको छ ।

footwear zone

त्यस्तै, आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस एक दशमलव नौ डिग्री सेल्सियस र सबैभन्दा बढी दिपायलको अधिकतम तापक्रम २२ दशमलव शून्य डिग्री सेल्सियस रहेको महाशाखाको पछिल्लो विवरणामा उल्लेख छ । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव शून्य डिग्री र अधिकमत तापक्रम १६ दशमलव ८ डिग्री सेल्सियस छ ।

You might also like

Comments are closed.