प्लस टु उत्तीर्ण विद्यार्थीलाई माया एकेडेमीमा ५० प्रतिशत छुट

पोखरा । माया एकेडेमीले भर्खरै मात्र प्लस टु उत्तीर्ण विद्यार्थीलाई ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ । नयाँ भर्ना खुलेसँगै विद्यार्थीलाई छुट प्रदान गर्न लागिएको माया एकेडेमी पोखरा केन्द्रका प्रशासन प्रमुख रोहनजंग कार्कीले बताए ।

प्लस टु उत्तीर्ण भएका विद्यार्थीलाई लक्षित गरी नयाँ सेसनमा भर्ना खुलाइएको बताइएको छ । न्युन प्रतिशत ल्याएका तथा ग्याप बढी भएका विद्यार्थीले पनि पढ्न सक्ने कार्कीले जानकारी दिए । शैक्षिक क्षेत्रलाई मात्रै नभई सामाजिक कार्यमा पनि माया एकेडेमी संलग्न हुँदै आइरहेको छ । ‘विभिन्न संघसंस्था मार्फत सामाजिक कार्यमा हाम्रो संलग्नता रहँदै आएको छ,’ कार्कीले भने ।

विदेश अध्ययन गर्न जान विद्यार्थीलाई परामर्श, तयारी कक्षा लगायतका सेवा प्रदान गर्दै आइरहेको माया एकेडेमीमा विद्यार्थीको आकर्षण देखिएको छ ।
‘हामीले पोखरामा सेवा सुरु गरेदेखि नै विद्यार्थीहरु आकर्षित भएको पाएका छौं,’ उनले भने, ‘हरेक इन्टेकमा विद्यार्थीहरुको रोजाईमा माया एकेडेमी पर्ने गरेको छ ।’ अहिले पनि माया एकेडेमीमा नयाँ भर्ना शुरु भएको कार्कीले जानकारी दिए । प्लस टु को परीक्षा सकेर बसेका विद्यार्थीलाई मध्यनजर गरेर अक्टोवर सेसन संचालन गर्न लागिएको उनले बताए । सो सेसनमा सीमित मात्रामा विद्यार्थी राखिने बताइएको छ ।

footwear zone

१ सय १ भन्दा धेरै युनिभर्सिटी तथा ७० भन्दा बढी कलेजसँग सिधै सम्वन्ध रहेको माया एकेडेमीले नेपालमा ९ महिना अध्ययन गरेपछि बाँकी सम्पूर्ण पठनपाठन विद्यार्थीको चाहना अनुसार सिधै ट्रान्सफर गर्ने कार्कीले जानकारी दिए ।

एकेडेमीले नेपालमा नै पहिलो पटक काठमाडौं र पोखरामा एकैसाथ शैक्षिक कार्यक्रम संचालन गर्दै आइरहेको छ । माया एकेडेमीले प्रदान गरेको शैक्षिक कार्यक्रमले विद्यार्थी उत्साही भएको कार्की बताउँछन् ।

काठमाडौंको जमलमा प्रधान कार्यालय रहेको एकेडेमीले पोखराको टाइम्स ग्लोबल कन्सल्टेन्सीलाई कन्सल्टेन्सी पार्टनरको रुपमा छानेको हो । माया एकेडेमीले विदेशमा अध्ययनका लागि जान मिल्ने गरि कार्यक्रम, कक्षा तथा परामर्श सेवा संचालन गर्दै आइरहेको छ ।

‘माया एकेडेमीले पोखरा तथा आसपासका क्षेत्रका विद्यार्थी तथा अभिभावकहरुको विश्वास जित्न सफल भएको छ,’ कार्कीले भने, ‘आगामी दिनमा अझै बढी विद्यार्थी तथा अभिभावकको चाहना अनुसार सेवा प्रदान गर्दै अगाडि बढ्नेछौं ।’ माया एकेडेमी नेपालकै पुरानो तथा प्रतिष्ठित संस्था भएकाले पनि विद्यार्थीको विश्वासमा पर्ने गरेको कार्की बताउँछन् ।

You might also like

Comments are closed.