काठमाडौं । माछापुच्छ्रे बैंक लि. २३ औँ वर्षपार गरी २४ औँ वर्षमा प्रवेश गरेको छ । २३ वर्ष अघि पोखरामा क्षेत्रीय स्तरको बैंकको रुपमा माछापुच्छ्रे बैंक को स्थापना भएको हो । २३ वर्षको दौरानमा बैंक प्रति अनवरत रूपमा साथ सहयोग र विश्वास प्रदान गर्ने सम्पूर्ण ग्राहक प्रति बैंकले आभार प्रकट गरेको छ ।
२३ वर्ष पूरा गरी २४ औँ वर्षमा प्रवेश गरेको अवसरमा बैँकले एक विशेष कार्यक्रम गरी २० वर्ष भन्दा बढी निरन्तर यस बैंकमा सेवा गरिरहेका कर्मचारीहरुलाई सम्मान प्रदान गरेको छ । उक्त कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष डा. उपेन्द्र महतोले २३ वर्ष सम्म बैंकको निरन्तर उन्नति एवं उत्तरोत्तर प्रगति तथा सम्वृद्धिका लागि अभिभावकको रुपमा निरन्तर मार्गदर्शन तथा साथ दिने सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, शेयरधनी सदस्य, सम्पूर्ण कर्मचारी एंव शुभचिन्तकहरु प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै आगामी दिनहरुमा पनि अझ गुणस्तरीय बैंकिङ्ग सेवा दिंदै थप उत्कृष्ट सुविधाहरु प्रदान गर्दै बैँकको संस्थागत सुशासनको महत्व मनन गरि संस्थागत सुशासन कायम राख्ने प्रतिबद्धता व्यक्त गरे । त्यसै गरी सञ्चालक समितिका सदस्य श्री जयमुकुन्द खनालज्यूले यस बैंकलाई यो स्थानमा ल्याउन सहयोग गर्नुहुने सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, सेयरधनी सदस्य, सम्पूर्ण कर्मचारी एंव शुभचिन्तकहरुलाई बधाई तथा अटुट विश्वासका लागि धन्यवाद प्रकट गरे ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले स्मार्ट बैंक भन्ने मूल नाराका साथ डिजिटल इकोनोमिमा प्रभावकारी भुमिका खेल्दै आईरहेको बैंकले आजको दिनसम्म आई पुग्दा आफुलाई स्मार्ट बैंकको रुपमा स्थापित गर्न सफल भएको र स्मार्ट तरिकाबाट ग्राहकहरुको चाहना तथा आवश्यकता बमोजिम नवीनतम, विश्वस्तरीय, भरपर्दो तथा गुणस्तरीय सेवा प्रदान गर्दै क्रमशः आफ्ना सेवाहरुलाई अझ सरल, सहज र विश्वसनिय ढङ्गले जिम्मेवारी बोध गर्दै समस्त राष्ट्रको आर्थिक विकासमा टेवा पु¥याउन निरन्तर लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।

साथै बैंकले आफ्नो २३ औं वार्षिकोत्सबको अवसरमा विभिन्न क्यासब्याक तथा अफरहरु ल्याएको छ । जसको उपयोग बैंकले प्रदान गर्दै आएको डिजिटल सेवा सुविधाहरु (MBL M SMART, MBL M SMART, डेबिट तथा क्रेडिट कार्ड) बाट लिन सकिनेछ ।
उक्त अफर अन्तर्गत २ जना भाग्यशाली Fonepay Merchant ले सामसुङ ट्याब्लेट, १ जना भाग्यशालीले ५०० रुपैयाँको क्यासब्याक प्रत्येक दिन पाउन सक्नेछन् साथै बैंकको १ जना ग्राहकले एमबिएल एम स्मार्टबाट Fonepay Bills माफर्त बिल भुक्तानी गर्दा निःशुल््क इन्टरनेट प्याकेज पाउन सक्नेछन् । यी अफरहरु आश्विन १५ देखि आश्विन ३०, २०८० गते सम्मको लागि लागु रहने छन् ।
साथै बैंकका ग्राहकले Daraz मार्फत डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २३% सम्मको क्यासब्याक ५२३ र ७२३ रुपैयाँ, NepalPay QR मार्फत भुक्तानी गर्र्दा २३% सम्मको क्यासब्याक २२३ रुपैयाँ, Citytech को ३ जनाFINPOS Merchant ले प्रति दिन ५२३ रुपैयाँको रिचार्ज कार्ड, CG Digital तथा Celltron Nepal Pvt. Ltd ले १ भाग्यशाली Merchant लाई CG टिभि र Celltron मार्फत Honor phone पाउन सक्नेछन् र MOCO मार्फत डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्र्दा २३% सम्मको २३० रुपैयाँ क्यासब्याक उडान टिकटमा र एक भाग्यशाली विजेताले टपअपमा ५० रुपैयाँ पाईरहेका छन् । उक्त अफरहरु आश्विन ०१ गते देखि सुरु भएकोमा आश्विन १७ मा समाप्त हुनेछन् ।
हरेक क्षेत्र र वर्गका ग्राहकहरुलाई सरल र सहज बैंकिङ सेवा पु¥याउने उद्देश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ सेवा, २०२ वटा एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आईरहेको छ ।




Comments are closed.