मुक्तिनाथ विकास बैंक १८ औं वर्षमा प्रवेश, राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले १७ औं वर्ष पार गरी १८ औं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमहरु गरेको छ । यसै अवसरमा बैंकले बृहत रक्तदान, विभिन्न सामाजिक कार्यहरु र बैंकमा १० वर्ष भन्दा लामो समयसम्म कार्यरत १३५ कर्मचारीहरुलाई सम्मान गरेको छ ।

वार्षिकोत्सवको अवशरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत डा. महाबीर पुन द्वारा संचालित राष्ट्रिय आविष्कार केन्द्र लाई ग्रिन इनर्जी, वातवरण संरक्षण तथा प्लास्टिक रिसाईकलको लागि रु ५ लाखको आर्थिक सहयोगका गरेको छ । यसै गरी बैंकका क्षेत्रीय कार्यालय र केन्द«ीय कार्यालयमा संचालित बृहत रक्तदान कार्यक्रम मार्फत १६६ युनिट रगत संकलन गरेको छ । यस अवशरमा बैंकले देशका क्षेत्रीय तथा शाखा कार्यालयहरु मार्फत गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण, दृष्टिविहिन नागरिकहरुलाई सेतो छडी वितरण, अनाथलय, बाल आस्रम तथा बृद्धा आस्राममा विभिन्न सामाग्री वितरण, फोहोरमैला व्यवस्थापनको लागि डस्टविन वितरण र वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ साक्षरता जस्ता विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरु संचालन गरेको छ ।

साथै, बैंकका वर्तमान सञ्चालकहरु, पूर्व सञ्चालकहरु , संस्थापक सेयरधनी, तथा बैंकका उच्च पदाधीकारीहरु, शाखा प्रबन्धकहरुको उपस्थितिमा संचालन भएको उक्त समारोहमा बैंकका अध्यक्ष भरत राज ढकालले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडी बढ्ने र विभिन्न वित्तीय तथा गैर वित्तीय सेवाको माध्यमद्धारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिने प्रतिबद्धता व्यक्त गरे ।

footwear zone

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको ATM CARD प्रयोग गरी नेपालभरी रहेको VISA Network मा आवद्ध अन्य जुन सुकै बैंकको ATM Machine बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ(बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

You might also like

Comments are closed.