आफ्नै मोबाइल वालेट सार्वजनिक गर्दै माछापुच्छ्रे बैंक

 

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नै मोबाइल वालेट शुभारम्भ गर्ने भएको छ । बैंकले बिहीबार दिउसो भर्चुअल माध्यमबाट मोबाइल वालेट सार्वजनिक गर्ने तयारी गरेको छ ।

नेपाली कर्मशियल बैंकिङ इतिहासमा नै पहिलोपटक उत्कृष्ट मोबाइल वालेट सार्वजनिक गर्ने बैंकले दावी गरेको छ । मोबाइल वालेट सम्बन्धी विस्तृत जानकारी बिहीबार आयोजित भर्चुअल कार्यक्रममा बैंकले सार्वजनिक गर्नेछ ।

footwear zone

‘नयाँ सोचको एउटा नयाँ खोज, विज्ञान र प्रविधिको नयाँ नाम, विकास र समृद्धिका लागि नयाँ आयाम,’ बैंकद्वारा सार्वजनिक गरिएको प्रोमोमा भनिएको छ, ‘अब हत्केलामै नाच्नेछ छ संसार, हुनेछ सहज, सरल र सुरक्षित डिजिटल कारोबार ।’

You might also like

Comments are closed.