कर्पोरेट बीच क्रिकेटको उपाधि माछापुच्छ्रे बैंकलाई

काठमाडौं । माछापुच्छ्रे बैंकले एन इभेन्टले आयोजना गरेको कर्पोरेट बिच क्रिकेट २०७८ को उपाधि जितेको छ । त्रिशुलीको रिभरसाइड स्प्रीङ रिसोर्टमा सम्पन्न उक्त प्रतियोतिामा ८ कर्पोरेट टिमको सहभागिता थियो ।

कर्पोरेट बीच क्रिकेटको फाईनल खेलमा माछापुच्छ्रे बैंकले सनराइज बैंकलाई ९४ रनले हराएको हो । फाईनल खेलमा १२० रनको लक्ष्य दिएको माछापुच्छ्रे बैंकले सनराईज बैंकलाई जम्मा २६ रनमा अलआउट गर्दे प्रतियोगिताको उपाधि जितेको हो । माछापुच्छ्रे बैंकले नियमित कामको अतिरिक्त कर्मचारीहरुको इच्छा अनुसार अन्य कृयाकलापहरुमा संलग्न गराई उनीहरुको वृत्तिविकासमा ध्यान दिदै आएको छ ।

बैंकको बिस्तारित व्यवसाय, स्तरीय सक्षम व्यबस्थापन, कर्मचारीहरुको आकर्षक पारिश्रमिक, सुविधा, काम गर्ने मैत्रिपूर्ण वातावरण लगायतका मुख्य मापदण्डका तत्वहरुले गर्दा माछापुच्छ्रे बैंक बैंकिङ क्षेत्रमा अव्वल, आकर्षक साथै अनुपालन बैंकको रुपमा समेत स्थापित बैंक मानिन्छ । बैंकले नेपाल राज्यभर उच्च सेवा सुविधाका साथ हाल १६३ शाखा, ६ एक्स्टेन्सन काउण्टर, २०० एटिम र १५७ शाखारहित बैंकिङ सुविधा मार्फत सेवा प्रदान गदै आईरहेको छ । र १५ सय भन्दा बढि कर्मचारीहरुलाई रोजगारी प्रदान गरिरहेको छ ।

footwear zone

You might also like

Comments are closed.