काठमाडौं । माछापुच्छ्रे बैंक लि.को माहुली शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सप्तरी अग्नीसाईर कृष्णासवरन गा.पा.वडा नं.४ टोल टेगंरीमा लागेको आगलागीबाट सबै जलेर नष्ट भएको ११ घर परिवारलाई खाद्मान्न तथा भाडाँकुडा सहयोग गरेको छ । हालै एक कार्यक्रमबीच राहत हस्तान्तरण गरियो ।
राहत वितरण कार्यक्रममा कृष्णासवरन गा.पा.वडा नं.४ का अध्यक्ष तेज नारायण यादव र बैंकको प्रदेश नं. २ को प्रदेश उप प्रमुख बिनेश ठाकुरको पनि उपस्थिति थियो ।
माछापुच्छ्रे बैंकले विशुद्ध बैंकिङ सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि विभिन्न संघ सस्थाहरुलाई सहयोग गर्दै आएको थियो । बैंकले विभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिहरुमा पनि सरकारलाई सहयोग गर्दै आएको छ ।

बैंकले देशका हरेक वर्ग र समुदायमा सेवा पुर्याउने उद्देश्यले १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ सेवा, २०३ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहलाई सेवा प्रदान गर्दै आइरहेको छ ।




Comments are closed.