काठमाडौं । माछापुच्छ्रे बैंक लि. ले विद्मुतीय सवारीसाधानको प्रयोगलाई प्राथामिकता दिदै आफ्ना ग्राहकको लागि Okinawa ब्राण्डको इलेक्ट्रोनिक स्कुटर 0 % EMI मा पाउने ब्यवस्था गरेको छ ।
बैंकले BHC International Pvt.Ltd. संग सम्झौता गरि बैंकको Instapay सुविधा मार्फत इलेक्ट्रोनिक Okinawa Scooter 0 % EMI मा पाउने ब्यवस्था गरेको हो । उक्त सम्झौतापत्रमा BHC International Pvt.Ltd को तर्फबाट प्रबन्धक निर्देशक हासिम अन्सारी तथा बैंकको तर्फबाट प्रमुख व्यवसाय अधिकृत डिल्लि राम गिरीले हस्ताक्षर गरेका छन् ।
पेट्रोलियम पदार्थको खपत बढिरहेको र आयात कम भईरहेको अहिलेको परिवेशमा विद्मुतीय सवारीसाधानको प्रयोगमा जोड दिने उद्धेश्य एंव वतावरण संरक्षणमा टेवा पुर्याउने उद्धेश्यका साथ बैंकले उक्त सुविधा संचालनमा ल्याएको हो ।

BHC International Pvt.Ltd. संगको सम्झौता पछि बैंकका ग्राहकहरुले ६ देखि १८ महिनासम्मका लागि 0 % EMI मा Instapay मार्फत Okinawa ब्राण्डको इलेक्ट्रोनिक स्कुटर खरिद गर्न सक्नेछन् । बैंकका ग्राहकहरूले उक्त सुविधा बैंकको क्रेडिट कार्ड तथा Instapay बाट पाउन सक्नेछन् । साथै बैंकको क्रेडिट कार्ड नभएका ग्राहकहरुले अनलाइन मार्फत कार्डको लागि आवेदन दिन सक्नेछन् । हाललाई यो सुविधा BHC International Pvt.Ltd. को नेपाल स्थित सबै Show roomमार्फत प्रदान गरिनेछ ।
बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आर्कषक सुविधा प्रदान गर्दै आएको छ ।
बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६४ बटा शाखाहरु र १६५ शाखारहित बैकिङ्ग सेवा, ८ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३३७ स्थानवाट १३ लाख भन्दा बढि ग्राहकमा सम्पुर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०५ बटा एटीएमहरु संचालनमा रहेको छन् ।




Comments are closed.