रकम हिनामिना भएको समाचारप्रति माछापुच्छ्रे बैंकको ध्यानाकर्षण

काठमाडौं । माछापुच्छ्रे बैंकले शाखारहित बैंकिङ केन्द्रबाट रकम हिनामिना भएको भन्ने सञ्चार माध्यममा आएका समाचारको खण्डन गरेको छ । बैंकले एक विज्ञप्ति जारी गर्दै शाखारहित बैंकिङ केन्द्रबाट रकम हिनामिना गर्नेहरुलाई कानुनी दायरामा ल्याइएको जनाएको छ ।

बैंकले रुपन्देहीको रोइनिहवा र मुजहानामा स्थानीय सर्वसाधारणहरुलाई सर्व सुलभ तरिकाले बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले तोकेको शर्तहरुको अधिनमा रही शाखारहित ग्राहक सेवा केन्द्रमार्फत सीमित बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यसहित भएको कारोबारमा कैफियत देखिएकोले उक्त सेवा बन्द गरिएको जनाएको छ ।

उक्त क्षेत्रका व्यावसायिक प्रतिनिधी निरन्जन पाठक र सिकन्द्र ठाकरले विभिन्न व्यक्तिहरुबाट बुझि लिएको रकम सिस्टममार्फत नै भौचर प्रिन्ट भई निक्षेपकर्तालाई सोही भौचर प्रदान गर्नुपर्नेमा बैंक भौचरको अनाधिकृत प्रयोग गरी हस्तलिखित भौचर प्रदान गर्ने र बैंकको अनलाईन सिस्टममार्फत रकम जम्मा नै नगरी आफै रकम राख्ने गरेकोले उनीहरुलाई कानुनी प्रक्रियामा ल्याइएको समेत बैंकले जानकारी दिएको छ ।पाठक र ठाकरले ग्राहकको रकम व्यक्तिगत हैसियतमा दुरुपयोग गरेको लिखितरुपमै स्वीकार गरेको बैंकले जनाएको छ ।

footwear zone

साथै उक्त कार्यबाट अन्य कोही पीडित भएको भए सम्बन्धित प्रहरी कार्यालयबाट उपचारका प्रक्रियामा सहभागि हुन पनि बैकले सबैमा आग्रह गरेको छ ।

You might also like

Comments are closed.