माछापुच्छ्रे बैंकको २४ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं ।माछापुच्छ्रे बैंक लिमिटेडको २४ औं वार्षिक साधारण सभा पुष २९ गते शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ । उक्त साधारण सभाले बैंकको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिबेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०७९÷८० को लागि एस.ए.आर. एशोसिएट्स लेखापरीक्षक नियुक्ती गर्ने निर्णय गरेको छ ।

बैंकले आ. व २०७८/७९ मा रु १.६८ अर्ब खुद मुनाफा आर्जन गर्दै, वासलातको आकारमा १३ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । त्यस्तै सोहि अवधिमा बैंकको कुल निक्षेप रु १५०.१० अर्ब पुगेको छ भने कुल कर्जा रु १३१.२७ अर्ब पुगेको छ । यसका साथै गत आ.व बैंकले आफ्नो लगानी २३.०८ प्रतिशतले वृद्घि गरी रु २४.१३ अर्ब पुर्याएको छ भने बैंकको निष्कृय कर्जा अनुपात १.०४ प्रतिशत कायम गर्न सफल भएको छ ।

पहिलोपटक काठमाडौंमा आयोजना भएको बैंकको साधारण सभाले संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट डा. उपेन्द्र महतो, रोशन के.सी. र हरिभक्त सिग्देललाई सञ्चालक समितिको सदस्य पदमा निर्बिरोध निर्वाचित समते गरेको छ ।

footwear zone

उक्त साधारणसभामा बोल्दै बैंकका अध्यक्ष डा. उपेन्द्र महतोले देशको आर्थिक स्थितीलाई मजबुत बनाउन बैंकको तर्फबाट यथासक्य योगदान पु¥याउने उद्धेश्यका साथ निक्षेप तथा कर्जा लगानीलाई सन्तुलित रुपमा बृद्धि गरि कर्जाको गुणस्तरमा सुधार गर्दै कृषि, नविकरणीय उर्जा, साना तथा मझौला उद्योग लगायतका क्षेत्रहरुमा आफ्नो लगानी विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राख्दै शेयरधनीहरुलाई समेत उचित प्रतिफल प्रदान गर्ने रणनीतिमा बैंक सदैव लागि परेको बताए । साथै उनले नेपाल राष्ट्र बैंकले अवलम्बन गरेको नीति अनुरुप बैंकले मर्जरको लागि प्रयत्न गरिरहेको जानकरी गराउदै बैंक सधै mभबलष्लनाग िmभचनभच का लागि सकारात्मक रहेको र सोही बमोजिम छलफलहरु गर्दै आइरहेको जानकारी दिए ।

त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले माछापुच्छ«े बैंकले हाल देशका सातै प्रदेशमा १६५ शाखा, १५७ शाखारहित बैंकिङ सेवा, २०६ एटिएम तथा १० एक्सटेन्सन काउण्टरको माध्यमबाट १४ लाख भन्दा बढि ग्राहकलाई सर्वसुलभ, अत्याधुनिक प्रविधियुक्त विश्वासनिय सेवा प्रदान गरिरहेको जानकारी दिए साथै उनले बैंकले मुनाफामा भन्दा पनि दिगो बैंकिङ्गमा जोड दिईरहेको र ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै अन्तराष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्नको निमित्त बैंक निरन्तर लागि परिहेको बताए । उक्त साधारण सभामा संस्थापक एंव साधारण सेयरधनिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

 

 

 

You might also like

Comments are closed.