माछापुच्छ्रे बैंकको वार्षिक साधारण सभा असोज १८ गते हुने

काठमाडौं । माछापुच्छ्रे बैंकले आगामी असोज १८ गते बिहीबारका दिन वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । माछापुच्छ्रे बैंक चालू आ.व. २०७९/८० मा साधारण सभा घोषणा गर्ने पहिलो बैंक बनेको हो ।

बैंकको शेयरधनीहरुलाई गत आ.व.को मुनाफबाट रु. १ अर्ब ३६ करोड ४२ लाख १ हजार ६ सय ९२ रुपैयाँ (चुक्तापूँजीको १३.३० प्रतिशत) बोनस शेयर र रु. ७,१८,००,०८९/-(चुक्तापूँजीको ०.७० प्रतिशत) नगद लाभांश कर प्रयोजनको लागि गरेर जम्मा कर सहित १४ प्रतिशत लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकले स्वीकृत प्रदान गरेसंगै भदौ  २६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उपरोक्त मितिमा वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । उक्त लाभांश बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात वितरण हुनेछ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६२ करोड ५५ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैयाँ ८५ पैसा कायम गरेको थियो । बंैकको चुक्तापूँजी १० अर्ब २५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब ६९ करोड रुपैयाँ संचित छ ।

footwear zone

हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ सेवा पुर्याउने उद्धेश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ सेवा, २०२ एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.