माछापुच्छ्रे बैंकको थप ७ शाखा रहित बैकिङ सेवा सञ्चालन

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ७ शाखा रहित बैकिङ सेवा संचालनमा ल्याएको छ ।

बैंकले गोरखा जिल्लाको पालुङटार नगरपालीका ६, काठमाण्डौँ जिल्लाको कीर्तिपुर नगरपालीका मैत्रिनगर, नुवाकोट जिल्लाको लिखु गाउँपालिका २ थानसिंह, चितवन जिल्लाको रत्ननगर नगरपालिका ५, जुवाली, चितवन जिल्लाकै रत्ननगर नगरपालिका १६ खैरेटी, कपिलबस्तु जिल्लाको शिवराज नगरपालिका ३, खरेन्द्रपुर, सिराहा जिल्लाको सुखिपुर नगरपालीका २ छजनाचोक मा गरि जम्मा ७ स्थानमा शाखा रहित बैकिङ सेवा सञ्चालनमा ल्याएको हो । बैकिङ पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बैकिङ सेवा प्रदान गर्ने उद्धेश्यले बैंकले शाखा रहित बैकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

देशका विभिन्न स्थानमा ७ शाखारहित बैंकिङ सेवा थप भएसंगै  बैंकको शाखा रहित बैकिङ सेवा १७२ पुगेको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उतm शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्स भुक्तानीका साथै कर्जा आवेदन समेत दिन सकिने छ ।

footwear zone

बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराईसम्म आफ्ना १६२ वटा शाखाहरु लगायत १७२ शाखा रहित बैकिङ सेवा र ५ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३३९ स्थानवाट १० लाख भन्दा बढि ग्राहक महानुभावहरुमा सम्पुर्ण बैकिङ सुबिधा प्रदान गरिरहेको छ । साथै,बैंकको देशभर २०३ वटा एटीएमहरु संचालनमा रहेको छन् ।

You might also like

Comments are closed.