पोखरा । नेपाल चिकित्सक संघ गण्डकी शाखाको अध्यक्षमा डा. राजन शर्मा निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न अधिवेशनले ३ वर्षे कार्यकालका लागि सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
वरिष्ठ उपाध्यक्षमा डा. सुनिल पनेरु, उपाध्यक्षमा डा. कृष्णचन्द्र रिजाल, सचिवमा डा. सुशील तिमिल्सिना, कोषाध्यक्षमा डा. ईश्वर शर्मा कँडेल, सहसचिवमा डा. नवराज अधिकारी र सहकोषाध्यक्षमा डा. चिरायु नारायण भारी छन् ।
त्यसैगरी सदस्यमा डा. प्रत्यन्त राज वन्त, डा. विष्णु ज्वारचन, डा. पुजन शर्मा, डा. नुवादत्त सुवेदी, डा. अर्जुन भट्टराई र डा. विष्णु भारी निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत डा. माधब बाबु तिवारीले जानकारी दिए ।

संघले चिकित्सकहरुको हकहितको क्षेत्रमा काम गर्ने नवनिर्वाचित अध्यक्ष डा. राजन शर्माले प्रतिबद्धता व्यक्त गरेका छन् । सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गर्न सहयोग गर्ने सम्पूर्णप्रति उनले आभार व्यक्त गरे ।





Comments are closed.